CG Electronics
IME Life
NIMB

दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले राखिन नयाँ कीर्तिमान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१० जेठ, सोलुखुम्बु- एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुगेकी थिइन् ।

दुईपटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाउनु भएको पर्यटन अधिकृत श्रेष्ठले बताए ।

सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उनले एकै याममा दुई पटक आरोहण गरेकी हुन् । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उनी एक मात्र आरोही बनेकी छिन् ।

भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसकेका छन् । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...