IME Life
NIMB

यस्ता छन् नेपाली कांग्रेस पाल्पाका उमेद्वारहरु

NIMB
Himalayan Bank

 

१० जेठ, पाल्पा- नेपाली कांग्रेस पाल्पाले स्थानीय तहको निर्वाचनका लागि नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले उम्मेदवार छनोट गरी प्रचारप्रसारलाई तीव्रता दिन थालेको छ ।

तानसेन नगरपालिकाको नगर प्रमुखमा अजयमान कर्माचार्य र उपप्रमुखमा लालकुमारी राना, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई काँग्रेसले सर्वसहमतिमा उम्मेदवारी छनोट गरेको हो ।

गाउँपालिकातर्फ निस्दी गाउँपालिकाका अध्यक्ष पदमा शालिकराम पाण्डेय, उपाध्यक्षमा राममाया सोमै, रम्भा गाउँपालिकाको अध्यक्षमा अशोक फाल, उपाध्यक्षमा विष्णु सिञ्जाली, बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्ण बस्याल, उपाध्यक्षमा पेमा चिदी र माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा तथा उपाध्यक्षमा निर्मला भट्टराईलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पूर्वखोला गाउँपालिकाको अध्यक्षमा झमनराज मगर, उपाध्यक्षमा पुष्पा गाह, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रामबहादुर कार्की,उपाध्यक्षमा चेतना थापा, तिनाहुँ गाउँपालिकाको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा मनु कार्की र रिब्दिकोट गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर आचार्य र उपाध्यक्षमा कमला छहरीलाई सर्वसहमतिमा उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...