देवः विकास बैंकले निःशुल्क आस्बा सेवा दिने

Wednesday May 24, 2017
वि.सं.२०७४ जेठ १० बुधवार ०९:३३

१० जेठ, काठमाडौं- देवः विकास बैंकले निःशुल्क आस्बा सेवा दिने भएको छ । बैंकले ग्राहकलाई सुरक्षित, विश्वसनीय एवं भरपर्दो सेवा प्रदानका साथसाथै पुँजी बजारमा ग्राहक महानुभावहरुबाट गरिने लगानीलाई सहज, मितव्ययी र लगानी मैत्री बनाउनका लागि हाल सेवामा लिइ आएको सेवा शुल्कलाई निःशुल्क गरिएको जनाएको छ ।
साथसाथै, ग्राहकले लगानी गरेको रकममा अधिकतम प्रतिफल प्राप्त हुने गरी वार्षिक ८.५० प्रतिशत व्याज प्राप्त हुने आस्बा लगानी खाता सञ्चालनमा ल्याएको छ ।