IME Life
NIMB

स्थानीय तहमा बैंकका शाखा स्थापनाको तयारी गरिदै

NIMB
Himalayan Bank

१० जेठ, काठमाडौं- मुलुकका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेका छन् । स्थानीय तहको निर्वाचनसँगै आर्थिक कारोबार वृद्धि हुने भएकाले बैंकका शाखा पुर्याउन लागिएको हो । नगरपालिकामा बैंकको शाखा भए पनि धेरै गाउँपालिकामा पुग्न सकेका छैनन् ।

बैंकको शाखा विस्तारका लागि अहिले शाखा नपुगेका ठाउँको तथ्यांक संकलन भइरहेको अर्थ मन्त्रालयको वित्तीय समन्वय महाशाखाका प्रमुख आनन्दराज ढकालले जानकारी दिए ।

“अहिले प्रारम्भिक चरणको गृहकार्यमा छौं, कुन गाउँपालिकामा बैंकको शाखा पुगेको छैन, तथ्यांक आइसकेपछि शाखा पु¥याउन नीतिगत व्यवस्था गर्छाैं,” उनले भने ।

सुविधा नपुगेका ठाउँमा शाखा पु¥याउने दायित्व नेपाल राष्ट्र बैंकको भएकाले मौद्रिक नीतिमार्फत त्यसको व्यवस्था हुने उनले बताए । यसअघि अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा बैंकिङ सुविधा पु¥याउने व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पेन्सन, वृद्ध, अपांग भत्ता बैंकमार्फत वितरण गर्ने घोषणा गरेको थियो । तर, ग्रामीण क्षेत्रमा बैंकका शाखा नहुँदा सर्वसाधारणले भत्ता लिन सदरमुकामसम्म धाउनुपर्ने स्थिति छ । राष्ट्र बैंकका अनुसार हाल २८ वाणिज्य बैंक, ५४ विकास बैंक, ३३ वटा फाइनान्स कम्पनीका १ हजार ९ सय ८८ शाखा सञ्चालनमा छन् ।

यसमध्ये अधिकांश शाखाहरूसमेत सहरोन्मुख क्षेत्रमा मात्रै छन् ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ देश संघीयतामा गएसँगै ७ सय ४४ स्थानीय तहमै बजेट र आर्थिक कारोबार बढ्ने भएकाले बैंकहरूको पनि शाखा विस्तार हुने बताए ।

“अब स्थानीय तहमा आर्थिक कारोबार बढ्छ, बैंकहरूले शाखा विस्तार गर्नुपर्छ,” उनले भने । शाखा नपुगेका ठाउँमा पु¥याउन नीतिगत व्यवस्था गरिने उनले बताए ।

हाल ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको अवस्थाबारे राष्ट्र बैंकले ‘ई–म्यापिङ’ समेत गरिरहेको छ । यस अध्ययनको प्रतिवेदन आएपछि कुन जिल्लाका कति स्थानमा बैंकको सेवा नपुगेको भन्नेबारे स्पष्ट हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न हाल शाखारहित बैंकिङ, मोबाइल बैंकिङ, ट्याब्लेट बैंकिङ सेवालाई प्रोत्साहन गरिरहेको छ ।

१६७ शाखा पुनःस्थापना हुन बाँकी
सशस्त्र द्वन्द्वकालमा विस्थापित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका १ सय ६७ शाखा पुनःस्थापना हुन बाँकी छन् । द्वन्द्वकालमा ३ सय १८ शाखा विस्थापित भएकोमा २०७३ फागुनसम्ममा १ सय ५१ शाखा पुनःस्थापना भएका छन् ।

बन्द भएका शाखा पुनः खोल्नका लागि नेपाल राष्ट्र बैंक, व्यवस्थापिका संसद्को अर्थ समिति र अर्थ मन्त्रालयले विभिन्न समयमा छुट्टाछुट्टै निर्देशन दिए पनि विस्थापितमध्ये आधा मात्र शाखा पुनःस्थापना भएका छन् ।

सशस्त्र द्वन्द्व समाप्त भएको लामो समयसम्म बैंकहरू गाउँ नफर्किएपछि कतिपय ठाउँमा स्थानीयवासीले शाखा पुनःस्थापनाको माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् । ग्रामीण सहरबाट विस्थापित शाखा खुले पनि दुर्गम गाउँमा रहेका शाखा भने पुनःस्थापना हुन नसकेको बताइएको छ । साभार : कारोबार दैनिक

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...