IME Life
NIMB

सफल युवा व्यवसायी ऋषि ढकाल भए महावाणिज्य दूत

NIMB
Himalayan Bank

११ जेठ, अमेरिका- अमेरिकाका सफल युवा व्यवसायी ऋषि ढकाललाई सरकारले ४ वर्षका लागि महावाणिज्य दूत नियुक्त गरेको छ । क्यालिफोर्निया राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका ढकाल यसअघि सानडियोगो क्षेत्रको लागि बाणिज्य दुत थिए ।

मन्त्रिरिषद्ले महावाणिज्य दुतमा नियुक्त गरेपछि ढकालले आफूले यस अघि पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्बाह गर्दै प्रवासी अमेरिकन नेपाली समाजलाई पुर्‍याएको योगदानको सरकारले कदर गरेको बताए ।

क्यालिफोर्नियाको लसएन्जलसमा परिवारसहित बसोबास गरिरहेका ढकाल छोटो समयमा अमेरिकन नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ब्यक्ति हुन् ।

गार्मेन्ट सहित बिभिन्न नेपाली सामग्रीहरु अमेरिकन बजारमा निकासी गरेर नेपालको निर्यात ब्यापारलाई ठुलो सहयोग गरेका ढकाल बिभिन्न संघसंस्थामा पनि उत्तिनै सहभागी र सहयोगीको रुपमा क्रियाशील छन् ।

लसएन्जलसमा रहेको श्री पशुपतीनाथ फाउण्डेसनको उपाध्यक्ष, एनआरएन अमेरिकाको सल्लाहाकार लगायत दर्जनौ संस्थाहरुमा आबद्ध रहेर नेपाली समाजमा उल्लेखनीय योगदान गरेका ढकाल व्यक्तिगत रुपमा सरल मानिन्छन् ।

बाणिज्य दुतको रुप रहँदा उनले लसएन्जलसमा रहेका थुप्रै सिटी काउन्सिलहरुसँग नेपालीहरुको सम्बन्ध बिस्तार गर्न, नेपालको पर्यटनलाई टेवा दिन एवम अमेरिकामा नेपाली बस्तुहरुको भन्सार छुटको लागि लबिङ गरेका थिए ।

नेपाल सरकारले महाबाणिज्य दुतको जिम्मेवारी दिएकामा आफूुलाई अत्यन्त खुशी लागेको र आफ्नो कामको मुल्याकन गरिएकोमा गौरावान्तित महसुस गरेको बताउदै ढकालले नयाँ जिम्मेवारीलाई अझ उत्साहजनक र चुनौतीको रुपमा लिदै अमेरिकन नेपाली समाजलाई बलियो बनाउन निरन्तर लाग्ने बताए ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...