IME Life
NIMB

दोलखाको मेलुङ गाउँपालिकामा एमाले बहुमत का साथ बिजयी

NIMB
Himalayan Bank

११ जेठ, दोलखा- दोलखाको मेलुङ गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडा जितेको छ । मेलुङको अध्यक्षमा एमालेका नरवहादुर श्रेष्ठ ४४७५ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बर्मा लामाले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ एमाले दोलखाका जिल्ला उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेकी कल्पना भण्डारी ४ हजार ४ सय ९७ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्ऽका कृष्णबहादुर कार्कीले ३ हजार २ सय ३२ मत ल्याए ।

मेलुङको वडा नम्बर १, २, ३ र ७ मा एमाले, ४ र ६ कांग्रेस साथै ५ नम्बर वडामा माओवादी केन्ऽ विजयी भएको छ ।

वैशाख ३१ गते मतदान भइरहेका बेला पवटी बुथमा कांग्रेस नेता ताराबहादुर कोइरालाको नेतृत्वमा मतपेटिका लुटिएपछि गोली चल्दा एकजनाको मृत्यु भएको थियो । दोस्रो मतदान जेठ ७गते भएको थियोे ।

मेलुङको परिणाम सार्वजनिक भएसँगै दोलखाका सबै ८ स्थानीय तहको नतिजा आएको छ । जिल्लाका दुवै नगरपालिका सहित ६ स्थानीय तह जितेर एमालेले एकल बहुमत प्राप्त गरेको छ ।

एमालेले भिमेश्वर र जिरी नगरपालिकाका साथै, तामाकोशी, मेलुङ, कालिन्चोक, गौरीशंकर र शैलुङ गाउँपालिका जितेको छ ।

त्यस्तै कांग्रेसले बैत्यश्वर र बिगु गाउँपालिकामा अध्यक्ष जितेको छ भने ती दुवै गाउँपालिका उपाध्यक्ष माओवादीले जितेको छ ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...