Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

राजपालाई ठुलो धक्का, सहमहामन्त्री नै एमाले प्रवेश

Machhapuchchhre Bank Limited

१३ जेठ, काठमाडौं-  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेकै भोलिपल्ट पार्टीका मुस्लिम नेता आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका छन् । मधेसमा रक्षात्मक बनिरहेको एमालेले बिभिन्न पार्टीबाट मधेसी नेताहरुलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएका बेला राजपाका सहमहामन्त्री समिम मिया अन्सारी शनिबार एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा मुस्लिम नेता अन्सारीलाई अध्यक्ष केपी शर्मा अेालीले पार्टीमा स्वागत गरे ।


उनीसँगै प्रवेश गरेका अन्य मुस्लिम कार्यकर्तालाई पनि एमाले नेताहरु स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले रमादानको बेला दोस्रो चरणको चुनाव जेठ ३१ गते नराख्न आग्रह गर्दा त्यो बेला सत्तापक्षका नेताले नमानेको बताए । उनले भने-मैले पटक पटक मुस्लिम समुदायको रमादान परेकाले जेठ ३१ मा नराख्नुस भन्दा शेरवहादुर देउवाले मुसलमानलाई गएर सत्तापक्षले मानेन भन्दिनुस भने ।’

एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाउने भन्दै ओलीले मुस्लिम मत आकषिर्क गर्न खोजे ।

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई एमालेले गर्ने बताए ।

राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...