IME Life
NIMB

राजपालाई ठुलो धक्का, सहमहामन्त्री नै एमाले प्रवेश

NIMB
Himalayan Bank

१३ जेठ, काठमाडौं-  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेकै भोलिपल्ट पार्टीका मुस्लिम नेता आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका छन् । मधेसमा रक्षात्मक बनिरहेको एमालेले बिभिन्न पार्टीबाट मधेसी नेताहरुलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएका बेला राजपाका सहमहामन्त्री समिम मिया अन्सारी शनिबार एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा मुस्लिम नेता अन्सारीलाई अध्यक्ष केपी शर्मा अेालीले पार्टीमा स्वागत गरे ।


उनीसँगै प्रवेश गरेका अन्य मुस्लिम कार्यकर्तालाई पनि एमाले नेताहरु स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले रमादानको बेला दोस्रो चरणको चुनाव जेठ ३१ गते नराख्न आग्रह गर्दा त्यो बेला सत्तापक्षका नेताले नमानेको बताए । उनले भने-मैले पटक पटक मुस्लिम समुदायको रमादान परेकाले जेठ ३१ मा नराख्नुस भन्दा शेरवहादुर देउवाले मुसलमानलाई गएर सत्तापक्षले मानेन भन्दिनुस भने ।’

एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाउने भन्दै ओलीले मुस्लिम मत आकषिर्क गर्न खोजे ।

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई एमालेले गर्ने बताए ।

राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...