Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सेल्फी एक्स्पर्ट ओप्पो एफथ्रीको मूल्य ३५ हजार ४ सय ९० रुपैयाँ

kumari  bank

उत्कृष्ट क्यामेराका साथै अत्याधुनिक प्रविधि सुसज्जित नयाँ सेल्फी एक्स्पर्ट ओप्पो एफथ्रीमा ग्राहकको चासो बढ्न थालेको छ । ३५ हजार ४ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको एफथ्रीमा १६ मेगापिक्सेल र ग्रूप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।

यो फोन डुअल फ्रण्ट क्यामेरासहित ग्रूप सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोनमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ ।

‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सधैं प्राथमिकताको विषय हो । प्राविधिक रूपमा नवप्रवर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरीय उत्पादन दिँदै हामी फ्रण्ट क्यामेराको माध्यमबाट आफ्ना उपभोक्तालाई हर क्षण रमाउँदै अनुभव सँगाल्न र साँच्दै एकताको सूत्रमा बाँध्न चाहन्छौं,’ नेपालका लागि ओप्पोको प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।

ग्रुप सेल्फीका लागि
ओप्पोले एफथ्रीमा सेल्फीका लागि दुई छुट्टै क्यामेरा उपलब्ध गराएको छ । तीमध्ये ‘एउटा सेल्फी, अर्को ग्रूप सेल्फीका लागि’ हुन् । एफथ्रीमा रहेको डबल भ्यू ग्रूप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा २ गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिष्टोर्शन)का साथ उच्च श्रेणीका व्यावसायिक गुणस्तरका तस्वीर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रूप सेल्फी लिन सक्छन् ।

सेल्फीका लागि
एकल वा व्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगापिक्सेल रिजोल्युशन, १/३ इञ्च सेन्सर र ठूलो एफ÷२.० एपर्चरको फ्रण्ट क्यामेराको व्यवस्था गरिएको छ । कम्पनीले केही समयअगाडि उपलब्ध गराएको एफवान एसका तुलनामा कार्यक्षमता र गुणस्तरका सवालमा यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमि (ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्वीरमा उपयुक्त प्रकाश समायोजन गर्दै प्राकृतिक तस्वीर लिन सघाउँछ । फोनमा रहेको क्यामेरामार्फत कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्वीर लिन सकिन्छ ।

फेशियल रिकग्निशन
ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रूपमा उपलब्ध गराएको छ । यसले तस्वीर खिच्ने समयमा क्यामेराको फ्रेममा तीन जनाभन्दा बढी मानिसको उपस्थिति देखिएमा ग्रूप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्वीर खिच्न सक्छन् ।

ओप्पो एफथ्रीमा १३ मेगापिक्सेल क्षमताको १/३ इञ्च सेन्सर जडान गरिएको छ । यसले प्रकाश संवेदनशीलतालाई बढावा दिँदै रात्रिकालीन समयमा समेत उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । फोनमा रहेको पीडीएएफ प्रविधिले आवश्यकताअनुसार चाहिनेबित्तिकै तस्वीर लिन सक्छन् । नयाँ फोन एफथ्रीमा रहेको क्यामेराले चलायमान विषयको समेत आरामले फोकस गरी उत्कृष्ट तस्वीर खिच्न सक्छ । यसले गर्दा आफूले इच्छाएको समय फोनमा तत्काल कैद गर्न सकिन्छ ।

ओप्पो एफथ्रीमा १/३ इञ्च सेन्सर र पीडीएएफ प्रविधिसहितको १३ मेगापिक्सेल क्षमता भएको रियर क्यामेरा पनि उपलब्ध छ ।

ब्युटिफाई ४.०
तस्वीरमा थप सुधारका लागि ओप्पोले उपलब्ध गराउँदै आएको ब्युटिफाई ४.० दुवै सेल्फी क्यामेरा तथा रियरमा समेत उपलब्ध गरिएको छ । यसको सहायताबाट प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार इफेक्टको प्रयोग गर्दै तस्वीर लिन सक्छन् ।

सेल्फीलाई सहज तथा रमाइलो अनुभवका रूपमा स्थापित गर्न कम्पनीले हत्केला देखाएकै भरमा सेल्फी खिच्न सघाउने पाल्म शटरलगायत फिचर पनि फोनमा उपलब्ध गराएको छ ।

हरेक आवश्यकतामा सहजताका लागि परिष्कृत
ओप्पो एफथ्रीमा कलरओस ३.० द्वारा शक्ति प्रदान गरिएको ओक्टा–कोर प्रोशेसर, ४ जीबी र्‍याम र ६४ जीबी रोम रहेको छ । फोनमा रहेको ट्रिपल स्लोट कार्ड ट्रेमा दुईओटा नानो सिमकार्ड र एउटा माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

एफथ्रीमा कम्पनीले ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । कम्पनीले गरेको परीक्षण (रियल लाइफ साइम्युलेशन टेष्ट)मा ब्याट्रीले निरन्तर १५ घण्टा काम गरेको बताइएको छ । त्यसैले, यात्रामा निस्कँदा वा अन्य दैनिक क्रियाकलापमा ब्याट्री सकिने डरका कारण पावर बैङ्कलगायत बोकेर हिँड्नुपर्ने झन्झटबाट छूटकारा मिल्नेछ ।

कम्पनीले गोपनीयता र सुरक्षाका लागि समेत विशेष ध्यान दिएको छ । तिनका लागि फोनमा कम्पनीले अत्याधुनिक सलिड स्टेट फिङ्गर प्रिण्ट रिडर उपलब्ध गराएको छ । प्रयोगकर्ताले यसमा हल्का रूपमा औंला हाल्दा फोन सहजै अनलक हुन्छ । फोनमा प्रयोग गरिएको हाइड्रोफोबिक मेम्ब्रेनले उपभोक्ताको औंलामा आद्र्रता भएको अवस्थामा समेत फिङ्गर प्रिण्टको सफल पहिचान गर्न सघाउँछ ।

ओप्पो एफथ्रीमा आधुनिक ‘सलिड स्टेट’ फिङ्गर प्रिण्ट रिडरको प्रयोग गरिएको छ । यसले हल्का स्पर्सले नै उपकरण अनलक गर्न सघाउ पुर्‍याउँछ ।

आकर्षक र उपयुक्त डिजाइन
मात्र ५ दशमलव ५ इञ्चको पातलो तथा हल्का वजन भएको एफथ्री हातमा बोक्न सहजता होस् भन्ने कुरालाई विशेष ध्यानमा राखेर निर्माण गरिएको फोन हो । फोनमा रहेको मेटल ब्याक प्यानलले धूलो टाँस्नबाट जोगाउनुका साथै आरामदायी ग्रिप प्रदान गर्छ । निकै आकर्षक बनोटसहितको फोनमा रहेको इनसेल एफएचडी प्रविधिले स्क्रिनलाई साधारण स्क्रिनका तुलनामा १/४ भागले पातलो बनाएको छ । यसले फोनको स्क्रिनमा देखिन दृश्य थप जीवन्त तथा उज्यालो बनाउन सघाउ पुर्‍याउँछ । सूर्यको प्रत्यक्ष प्रकाश भएका स्थानमा समेत यो स्क्रिनले राम्रो प्रदर्शन गर्ने क्षमता राख्छ ।

फोनको डिजाइनमा प्रयोग गरिएको चिल्लो र आकर्षक मेटल ब्याक प्यानल धूलोप्रतिरोधी हुनुका साथै समाउँदा समेत आरामदायी अनुभव प्रदान गर्छ ।

सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय सम्मान

सूचना प्रविधिमा अग्रणी करदाता एनसेललाई सरकारद्वारा राष्ट्रिय...

वि.सं.२०८२ वैशाख २० शनिवार १४:१८

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै...

प्राइम कमर्सियल बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्ड प्रणालीमा आबद्ध

प्राइम कमर्सियल बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्ड...

वि.सं.२०८२ वैशाख ११ बिहीवार २२:०८

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस...

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले...

वि.सं.२०८१ माघ २५ शुक्रवार २१:४४

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र  नेपाली बजारमा

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०७:५३

  काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू...