Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भरतपुरको मतगणना १७ गतेसम्म रोकियो,बन्यो छानविन समिति

 

१५ जेठ, काठमाडौं–   भरतपुर मतपत्र काण्डमा नयाँ मोड आएको छ । १७ गतेसम्मका लागि मतगणनाको काम रोकिएको छ । निर्वाचन आयोगले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आयोगको आज बसेको वैठकले निर्वाचन आयोगका सहन्याधिवक्ता गिताप्रसाद तिमिल्सनाको संयोजकत्वमा तीन सदस्य समिति बनाएको आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । समितिमा गृहमन्त्रालयका एक सचिव र एक जना एक जना प्रहरी नायव महानिरीक्षक सदस्य छन् । आयोगले आजैबाट फिल्डमा पुगेर काम गर्ने र जतिसक्दो चाडो प्रतिवेदन दिने आयोगले जनाएको छ ।

चितवनमा आइतवार राती मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि आज आयोगको आकस्मिक वैठक बसेको हो । जिल्लाबाट आएको प्रतिवेदनका आधारमा आयोगले छानविन समिति बनाएको हो । अव छानविनपछि मात्र पुन मतदान गर्ने वा त्यहीँ मतपत्र गणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिनेछ ।

समितिले रिपोर्ट दिएपछि थप निर्णय हुने आयोग प्रवत्ता शर्माले बताए ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सकिएको छ । १९ वडाको मतगणना हुँदाहुँदै विवाद भएको थियो । २० नम्वर वडाको मत भने गणना हुनै वाँकी छ ।

ऐनको दफा ५० को उपदफा ४ मा अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् । एमालेले भने च्यातिएका मतपत्र अलग गरेर मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ ।
मतपत्र काण्डमा दलहरुबीच आरोप प्रत्यारोप पनि जारी छ ।

त्यसैबीच आयोग प्रवत्ता शर्माले चुनाव सार्ने विषयमा आयोगमा कुनै जानकारी नआएको छैन । ‘बाहिर पत्रपत्रिकामा सुनेका छौँ । आयोगमा पनि यस्तो समाचार आयो भनेर कुरा भएको छ । तर, औपचारिक रुपमा केही जानकारी छैन ।’ उनले भने ।

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण...

वि.सं.२०८२ असार १७ मंगलवार १४:३१

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित...

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण : शैक्षिक...

वि.सं.२०८२ असार १७ मंगलवार ११:४२

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना...

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...