IME Life
NIMB

भरतपुरको मतगणना १७ गतेसम्म रोकियो,बन्यो छानविन समिति

NIMB
Himalayan Bank

 

१५ जेठ, काठमाडौं–   भरतपुर मतपत्र काण्डमा नयाँ मोड आएको छ । १७ गतेसम्मका लागि मतगणनाको काम रोकिएको छ । निर्वाचन आयोगले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । आयोगको आज बसेको वैठकले निर्वाचन आयोगका सहन्याधिवक्ता गिताप्रसाद तिमिल्सनाको संयोजकत्वमा तीन सदस्य समिति बनाएको आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । समितिमा गृहमन्त्रालयका एक सचिव र एक जना एक जना प्रहरी नायव महानिरीक्षक सदस्य छन् । आयोगले आजैबाट फिल्डमा पुगेर काम गर्ने र जतिसक्दो चाडो प्रतिवेदन दिने आयोगले जनाएको छ ।

चितवनमा आइतवार राती मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि आज आयोगको आकस्मिक वैठक बसेको हो । जिल्लाबाट आएको प्रतिवेदनका आधारमा आयोगले छानविन समिति बनाएको हो । अव छानविनपछि मात्र पुन मतदान गर्ने वा त्यहीँ मतपत्र गणना गर्ने भन्ने विषयमा आयोगले निर्णय लिनेछ ।

समितिले रिपोर्ट दिएपछि थप निर्णय हुने आयोग प्रवत्ता शर्माले बताए ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सकिएको छ । १९ वडाको मतगणना हुँदाहुँदै विवाद भएको थियो । २० नम्वर वडाको मत भने गणना हुनै वाँकी छ ।

ऐनको दफा ५० को उपदफा ४ मा अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् । एमालेले भने च्यातिएका मतपत्र अलग गरेर मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ ।
मतपत्र काण्डमा दलहरुबीच आरोप प्रत्यारोप पनि जारी छ ।

त्यसैबीच आयोग प्रवत्ता शर्माले चुनाव सार्ने विषयमा आयोगमा कुनै जानकारी नआएको छैन । ‘बाहिर पत्रपत्रिकामा सुनेका छौँ । आयोगमा पनि यस्तो समाचार आयो भनेर कुरा भएको छ । तर, औपचारिक रुपमा केही जानकारी छैन ।’ उनले भने ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...