तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न

Monday May 29, 2017
वि.सं.२०७४ जेठ १५ सोमवार १०:५२

१५ जेठ, काठमाडौं– नेपालका लागि नेपालका लागि होण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्र्तगत बिर्तामोड, इटहरी र पोखरा स्थित होण्डाइ सोरुममा तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । जेठ १२ गते शुक्रबार देखि जेठ १४ गते आइतबारसम्म संचालन गरिएको उतm एक्सचेन्ज कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागीता रहेको जनाइएको छ ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्सचेन्ज मेला आयोजना भएको जनाइएको छ । यो मेलाको अवसरमा कम्पनीले नगद छुटका साथै स्टोर्ट एक्सचेन्ज तथा भ्यालुएसन र वोनस एक्सचेन्ज समेत दिएको थियो ।
साथै उतm कार्यक्रममा टेस्ट ड्राइभ र अन्य मनोरञ्जनका कार्यक्रम समेत थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्पmत एक÷एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने जनाइएको छ ।