Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा क्याप्टेन कैलाश गुरुङको निधन, दुइ जना घाइते

 

१६ जेठ, काठमाडौँ– नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एन ए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा क्याप्टेन कैलाश गुरुङ रहेका छन् । त्यस्तै घाइतेमा को पाइलट अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का रहेका छन् ।

बाजुरका सिडियो देवेन्द्र लामिछानेका अनुसार उनीहरुलाई सीता एयरको विमानबाट नेपालगञ्जका लागि उपचारको लागि ल्याइएको थियो ।

नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।

खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो ।

अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ ।

यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

आवास निर्माणमा स्थानीय सामग्रीको प्रयोग गर्न उपप्रधानमन्त्री...

वि.सं.२०८२ वैशाख २२ सोमवार २१:०६

  काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले आवासहरु...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...