Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अर्थतन्त्रका सात चुनौती यस्ता छनः

१५ जेठ, काठमाडौँ-  चालु आर्थिक वर्षमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले हिजो व्यवस्थापिका-संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक राज्यप्रणालीको अभ्यास गरिएकाले सङ्घीयता कार्यान्वयन गर्नु नौलो प्रयोग भएको बताए ।

उनले भर्खरै गठन भएका र गठन हुनेक्रममा रहेका स्थानीय तह र आवमा गठन हुने प्रदेश सरकारको संस्थागत, प्राविधिक र स्रोत परिचालन क्षमता अभिवृद्धि गर्ने तथा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोतको परिचालन गर्ने कार्य चुनौतीपूर्ण भएको बताए।

बजेटमा आयोजनाको अपूरो तयारी, कमजोर व्यवस्थापकीय क्षमता, निर्माण व्यवसायीको कमजोर वित्तीय र प्राविधिक क्षमता, कानुनी, नीतिगत र प्रक्रियागत जटिलताका कारण कार्यान्वयन क्षमता वृद्धि गर्न चुनौती भएको उल्लेख छ ।

आयोजना कार्यान्वयनमा संलग्न सरोकार भएकाहरुको उत्साहमा कमी, नतिजा प्राप्तिमा उदासीनता र समग्र मानवीय क्षमताको कमीका कारण कार्यान्वयनमा चुनौती देखिएको बजेटले औँल्याएको छ । उत्पादनका साधनमाथि उत्पादकको पहुँच वृद्धि गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी सहकार्यबाट उत्पादकत्व र उत्पादन वृद्धि गर्नुपर्ने चुनौती रहेको बजेटमा उल्लेख छ ।

त्यसैगरी सबै आर्थिक कारोबारलाई औपचारिक दायरामा ल्याई आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने र सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सार्थक बनाउनलाई अर्को चुनौतीका रुपमा लिइएको छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि अधिकांश भूकम्पपीडितको व्यक्तिगत आवास निर्माण गर्नु र क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण तथा पुनःनिर्माणलाई नवनिर्माणमा बदल्नु चुनौतीपूर्ण भएको उल्लेख छ ।

बजेटमा सार्वजनिक कार्यको सूक्ष्म सुपरीवेक्षण, निर्माण व्यवसायीको कमजोर क्षमता, सघन अनुगमनको अभावमा निर्माण भएका संरचना छोटो समयमै जीर्ण हुने तथा सार्वजनिक निर्माणको गुणस्तर वृद्धि गर्नुपर्ने र दोहोरो र तेहेरो खर्च रोक्नुपर्ने चुनौती रहेको उल्लेख छ ।

त्यसैगरी कानुनको परिपालना, सेवा प्रवाहमा प्रभावकारिता र सुदृढ तथा सक्षम संस्थागत सुशासन कायम गरी सेवा प्रवाहको प्रभावकारितालाई चुनौतीका रुपमा प्रस्तुत गरिएको छ । रासस

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...