CG Electronics
IME Life
NIMB

अर्थतन्त्रका सात चुनौती यस्ता छनः

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१५ जेठ, काठमाडौँ-  चालु आर्थिक वर्षमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले हिजो व्यवस्थापिका-संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक राज्यप्रणालीको अभ्यास गरिएकाले सङ्घीयता कार्यान्वयन गर्नु नौलो प्रयोग भएको बताए ।

उनले भर्खरै गठन भएका र गठन हुनेक्रममा रहेका स्थानीय तह र आवमा गठन हुने प्रदेश सरकारको संस्थागत, प्राविधिक र स्रोत परिचालन क्षमता अभिवृद्धि गर्ने तथा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोतको परिचालन गर्ने कार्य चुनौतीपूर्ण भएको बताए।

बजेटमा आयोजनाको अपूरो तयारी, कमजोर व्यवस्थापकीय क्षमता, निर्माण व्यवसायीको कमजोर वित्तीय र प्राविधिक क्षमता, कानुनी, नीतिगत र प्रक्रियागत जटिलताका कारण कार्यान्वयन क्षमता वृद्धि गर्न चुनौती भएको उल्लेख छ ।

आयोजना कार्यान्वयनमा संलग्न सरोकार भएकाहरुको उत्साहमा कमी, नतिजा प्राप्तिमा उदासीनता र समग्र मानवीय क्षमताको कमीका कारण कार्यान्वयनमा चुनौती देखिएको बजेटले औँल्याएको छ । उत्पादनका साधनमाथि उत्पादकको पहुँच वृद्धि गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी सहकार्यबाट उत्पादकत्व र उत्पादन वृद्धि गर्नुपर्ने चुनौती रहेको बजेटमा उल्लेख छ ।

त्यसैगरी सबै आर्थिक कारोबारलाई औपचारिक दायरामा ल्याई आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने र सबै नेपालीको बैंक खाता खोल्ने अभियानलाई सार्थक बनाउनलाई अर्को चुनौतीका रुपमा लिइएको छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि अधिकांश भूकम्पपीडितको व्यक्तिगत आवास निर्माण गर्नु र क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण तथा पुनःनिर्माणलाई नवनिर्माणमा बदल्नु चुनौतीपूर्ण भएको उल्लेख छ ।

बजेटमा सार्वजनिक कार्यको सूक्ष्म सुपरीवेक्षण, निर्माण व्यवसायीको कमजोर क्षमता, सघन अनुगमनको अभावमा निर्माण भएका संरचना छोटो समयमै जीर्ण हुने तथा सार्वजनिक निर्माणको गुणस्तर वृद्धि गर्नुपर्ने र दोहोरो र तेहेरो खर्च रोक्नुपर्ने चुनौती रहेको उल्लेख छ ।

त्यसैगरी कानुनको परिपालना, सेवा प्रवाहमा प्रभावकारिता र सुदृढ तथा सक्षम संस्थागत सुशासन कायम गरी सेवा प्रवाहको प्रभावकारितालाई चुनौतीका रुपमा प्रस्तुत गरिएको छ । रासस

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...