IME Life
NIMB

लोकसंगीतको बजार को त कुरै नगर्नुस डामाडोल छ- हेमराज थापा

NIMB
Himalayan Bank

कैलाली जिल्ला रामशिखरझाला बिष्ट टोलमा जन्मुभएका लोक गायक हेमराज थापा घरका कान्छा छोरा हुन् ।  २०७१ साल देखि गीत संगीतमा लागेका हेमराजले ३० ओटा भन्दा बढी गीत मा आवाज दिनुभएको छ । उनै हेमराज सँग पत्रकार केशव भट्ट  ले गरेको कुराकानी:  

 

लोक गायक, हेमराज थापा

 

 

पछिलो समय केमा व्यस्त हुहुन्छ ?

पछिल्लो समय बिसेश गरि गीत संगीत मै व्यस्त छु। बिद्यार्थी हु परिक्ष आउदै छ पढ़ैतिर नि अझै भन्नु पर्दा नया फरक शैलीको गीत गर्दै छु ।

तपाई गीत संगीत मा लाग्नुको कारण के हो ?
किनकी मा बच्चै देखि लोकगीत लोकदेउदा गीत सुन्ने र यसै माटोमा हुर्किएको  मान्छे परे मन पराउथे गाउँन पनि प्रयास गरे रहरै रहरले गायक बने ।

अहिले सम्म कस्ता गीत गाउनु भा छ ?
मैले पछिल्लो समय २०७१ साल देखि गायन यात्रा को क्रममा ३० ओटा हाराहारीमा गीतमा स्वोर भरेको छु। बिशेस गरि मैले किसोरावस्थाको माया प्रेमलाई लक्षित गरि गीत गरेको छु अहिले सम्म एऔत लोक डेउडा गीत पनि गरेको छु ।

पछिल्लो समय लोक गीत संगीतमा बिकृति आयो भन्छन नि, तपाई क भन्नुहुन्छ ?
पक्कै पनि बिकृति आएर जरा गाडिसकेको छ। अस्लिलातालाई प्राथमिकता मा राखेर स-परिवार बसेर हेर्न नसकिने खालका दृश्य राखेर भिडियो बनाएका हुन्छन । खासमा छोटो छोटो कपडा लगाएर खेल्ने अनि शब्द पनि दुइ वॉत अर्थलाग्ने खालका समाबेश हुन्छन।  यसको समाधानको लागि सेन्सर बोर्ड को खाचो छ। नियम बनाएर कार्यन्वयन गरेमा सब ठिक हुदै जान्छ ।

आजभोली लोकसंगीत को बजार कस्तो छ ?
लोकसंगीत को बजार को त कुरै नगर्नुस किनकी यो डामाडोल छ।  कमाउने ले कमाएकै छन्। पहिला जस्तो अडियो बिक्दैन आजभोली त्यै हो मेला पर्व हरुमा जान पाए अलि अलि कमाई हुन्छ, तर युटुब्को लागि मात्र भिडियो बनाउने चलन बढेको छ । यस्तो बजारले लोकसंगीत दिगो हुन् सक्दैन जस्तो लाग्छ ।

 

 
भावीयोजना क छ ?
खासै योजना बएको त छैन तर मा पढाई छु पढाइलाई पुरा गर्छु। अनि गायन नै मेरो काम हुनेछ। , घरपरिवारको चाहना अनुसार पनि मैले पढ्ने पर्छ ।

अन्त्यमा केहि भन्नु छ कि ?
धेरै कुरा त सोधिहल्नु भयो, मा हृदयबाटै मेरो आम बुवा दाई भाउजुलै सम्झिन चाहन्छु जसको कारणले आज मा आफ्नो रहर पुरा गर्न पाएको छु । साथै दर्शक श्रोत भनेका मेरा भगवान हुन् उनी भगवान्ले गर्दा अझै प्रगति गर्नेछु भन्ने विश्वास लिएको छु। हेमराज  थापा तपाइकै मायाले मात्र बाच्न गाउँ सक्छ माया गरिदिनुहोला भन्न चाहन्छु ।

 

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छ : अर्थमन्त्री

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति...

वि.सं.२०८० चैत २६ सोमवार २३:०८

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर...

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुङग्याउन प्राधिकरणको आग्रह

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुङग्याउन...

वि.सं.२०८० वैशाख १९ मंगलवार १८:०८

  काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सर्वोच्च...

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा पुग्छ : चन्द्रप्रसाद ढकाल

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा...

वि.सं.२०८० वैशाख १९ मंगलवार १७:३४

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद...