Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

अलैँचीको व्यावसायिकरुपमा खेती गर्न सुरु

Machhapuchchhre Bank Limited

१७ जेठ, धादिङ-  मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिकरुपमा खेती गर्न सुरु गरेका छन् ।

बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् ।

जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि अलैँचीखेती हुने भएपछि उत्तरी धादिङको झार्लाङ र रिकाका किसान यस खेतीको विस्तारमा लागेका छन् । केही वर्षअघि घर वरपर एक दुई बोट अलैँची लगाएका किसानले अहिले भिरालो र पानी भएको जमिनमा हजारौँ अलैँचीका बिरुवा लगाएका छन् ।

“एउटै किसानले १५÷२० रोपनीमा पाँच हजारसम्म बिरुवा लगाएका छन्,” झार्लाङका रामसिंह तामाङले भन्नुभयो । अलैँचीबाट अबको दुई वर्षमा नै उत्पादन लिन पाउने उहाँको भनाइ छ । यहाँका किसानले खेर गएको सयौँ रोपनी जमिनमा सामूहिक रुपमा अलैँचीखेती गरेका छन् ।

गत वर्ष लगाएको अलैँचीमा फूल लाग्न सुरु गरेको तामाङ बताउनुहुन्छ । अन्न बाली अत्यन्त कम उत्पादन हुने उत्तरी धादिङको झार्लाङ र रिमा भिरालो करिब ३०० रोपनी जमिनमा किसानले अलैँचीखेती गरेका छन् । “प्रत्येक परिवारले आफ्नो घरायसी प्रयोजनका लागि समेत धेरथोरै अलैँचीको बिरुवा लगाएका छन्,” तामाङले भन्नुभयो । यहाँका ३५ परिवार व्यावसायिक रुपमा अलैँचीखेतीमा संलग्न छन् ।

अलैँचीखेती प्रवद्र्धनका लागि किसानले जिल्ला कृषि विकास कार्यालयसँग प्राविधिक सहयोगका लागि माग गरेका छन् । सकारले ग्रामीण क्षेत्रका युवालाई नगदेबालीतर्फ आकर्षित गर्नसके रोजगारका लागि विदेश जानेको सङ्ख्यामा कमी आउने यहाँका किसान बताउँछन् । रासस

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको थोक...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:२०

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो :...

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०९

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक...

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले धान्न सक्छ : मन्त्री क्षेत्री

कृषिलाई प्रविधीमैत्री बनाउन सके सम्पूर्ण राष्ट्रलाई मधेशले...

वि.सं.२०८१ चैत २० बुधवार २१:३९

  जनकपुर । जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी...

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन करोड नेपालीको हो : मन्त्री गुरूङ

रेडियो नेपाल कुनै पार्टी, व्यक्तिको नभैइ तीन...

वि.सं.२०८१ चैत २० बुधवार १४:२३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो...

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ : कृषिमन्त्री अधिकारी

मन्त्रालयले अघि सारेका कार्यक्रमहरुबाट उत्पादन वढेको छ...

वि.सं.२०८१ फागुन २५ आइतवार ११:०३

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री अधिकारीको घोषणा

सिंहदरवार चारेर अनुदान लिने प्रवृत्तिको अन्त्य: कृषिमन्त्री...

वि.सं.२०८१ फागुन १५ बिहीवार २०:००

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले...