ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक
Wednesday May 31, 2017
वि.सं.२०७४ जेठ १७ बुधवार ०९:५९
१७ जेठ, काठमाडौं – ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ।
छात्रवृृत्ति सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठको उपस्थिति रहेको बैंकले जनाएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको बताए ।
१० लाख राशीको छात्रवृत्ति कोषबाट सय विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।