IME Life
NIMB

‘हिमालयन ट्राभल मार्ट’ को तयारी पूरा

NIMB
Himalayan Bank

१७ जेठ, काठमाडौं – काठमाडौंमा पहिलो पटक नेपालकै स्वामित्वमा हुन गइरहेको ‘हिमालयन ट्राभल मार्ट’को तयारी पूरा भएको छ । पाटा नेपाल च्याप्टरको नेतृत्वमा नेपालको पर्यटन क्षेत्रको उत्पादन, नयाँ तथा पुराना गन्तव्य र मौलिक संस्कृतिलाई विश्व बजारमा आधुनिक शैलीमा बिक्री गर्ने उद्देश्यले राजधानीमा बिहीबारदेखि ट्राभल मार्ट आयोजना हुँदैछ ।

पाटाका अध्यक्ष सुमन पाण्डेले नेपाल हिमालयको प्रवेशद्वार भन्ने सन्देशलाई प्रभावकारी ढंगले विश्व बजारमा लैजाने उद्देश्यले कार्यक्रम तय गरिएको बताए । ‘कार्यक्रमको तयारी पूरा भएको छ,’ उनले भने, ‘भूकम्पपछि नेपालको पर्यटन ४० प्रतिशत मात्रै उकालो लागेको छ । यसलाई पहिलेकै अवस्थामा फर्काउन कार्यक्रम गर्न लागेका हौं ।’

भूकम्प र नाकाबन्दीले शून्य रहेको पर्यटन उद्योगलाई हिमालयन ट्राभल मार्टले विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

उनका अनुसार मार्टमा सहभागी हुन मंगलबारसम्म विभिन्न देशका करिब एक सय जना नेपाल भित्रिसकेका छन् । मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरिका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट सहभागी रहेका छन् । सहभागीमध्ये ब्लगर, क्रेता र बिक्रेता नेपालको मौलिक कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पर्यटकीय क्षेत्र पनौती, चितवन, पोखरा, लुम्बिनीको भ्रमणमा निस्किएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कार्यक्रमको होस्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा मुख्य आयोजक नेपाल पर्यटन बोर्ड, आयोजना साझेदार नेपाल वायुसेवा निगम तथा पाटा नेपाल च्याप्टर रहेको छ ।

साथै, ट्राभल मार्टमा नेपालकै इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्लग तथा मिडिया कन्फरेन्स पनि हुनेछ ।

‘बि टु बि’ मार्ट शनिबार र आइतबार हुनेछ । बि टु बिलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता विषय समाबेश गरी नेपाललगायत विश्वभरका विज्ञको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्स भने शुक्रबार हुनेछ ।

विशिष्ट लेखन शैली, उत्कृष्ट फोटो तथा भ्रमण अनुभव सामाजिक संजालमा पोष्ट गरिने सामाग्रीको प्रभावको हिस्सा बढ्दै गएका कारण ट्राभल व्यवसायको प्रवद्र्धनमा ब्लगिङको महŒव बढिरहेको पाटाले जनाएको छ । विभिन्न देशका पर्यटक आगमनसँगै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको पाटाले जनाएको छ । मार्टमा १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ताको सहभागिता रहनेछ । पाटाले यसअघि ६ पटक ट्राभल मार्ट आयोजना गरे पनि नेपालीको स्वामित्वमा भने भएको थिएन ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...