Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘हिमालयन ट्राभल मार्ट’ को तयारी पूरा

Machhapuchchhre Bank Limited

१७ जेठ, काठमाडौं – काठमाडौंमा पहिलो पटक नेपालकै स्वामित्वमा हुन गइरहेको ‘हिमालयन ट्राभल मार्ट’को तयारी पूरा भएको छ । पाटा नेपाल च्याप्टरको नेतृत्वमा नेपालको पर्यटन क्षेत्रको उत्पादन, नयाँ तथा पुराना गन्तव्य र मौलिक संस्कृतिलाई विश्व बजारमा आधुनिक शैलीमा बिक्री गर्ने उद्देश्यले राजधानीमा बिहीबारदेखि ट्राभल मार्ट आयोजना हुँदैछ ।

पाटाका अध्यक्ष सुमन पाण्डेले नेपाल हिमालयको प्रवेशद्वार भन्ने सन्देशलाई प्रभावकारी ढंगले विश्व बजारमा लैजाने उद्देश्यले कार्यक्रम तय गरिएको बताए । ‘कार्यक्रमको तयारी पूरा भएको छ,’ उनले भने, ‘भूकम्पपछि नेपालको पर्यटन ४० प्रतिशत मात्रै उकालो लागेको छ । यसलाई पहिलेकै अवस्थामा फर्काउन कार्यक्रम गर्न लागेका हौं ।’

भूकम्प र नाकाबन्दीले शून्य रहेको पर्यटन उद्योगलाई हिमालयन ट्राभल मार्टले विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

उनका अनुसार मार्टमा सहभागी हुन मंगलबारसम्म विभिन्न देशका करिब एक सय जना नेपाल भित्रिसकेका छन् । मार्टमा बेलायत, अमेरिका, भारत, दक्षिण अमेरिका, चीन, सिंगापुर, श्रीलंका, कोरियालगायत देशबाट सहभागी रहेका छन् । सहभागीमध्ये ब्लगर, क्रेता र बिक्रेता नेपालको मौलिक कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पर्यटकीय क्षेत्र पनौती, चितवन, पोखरा, लुम्बिनीको भ्रमणमा निस्किएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कार्यक्रमको होस्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा मुख्य आयोजक नेपाल पर्यटन बोर्ड, आयोजना साझेदार नेपाल वायुसेवा निगम तथा पाटा नेपाल च्याप्टर रहेको छ ।

साथै, ट्राभल मार्टमा नेपालकै इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्लग तथा मिडिया कन्फरेन्स पनि हुनेछ ।

‘बि टु बि’ मार्ट शनिबार र आइतबार हुनेछ । बि टु बिलाई रौनक प्रदान गर्न ट्राभल ब्राण्डिङ, बजार अन्वेषण, अनुसन्धान गन्तव्य जस्ता विषय समाबेश गरी नेपाललगायत विश्वभरका विज्ञको संलग्नतामा हिमालय ट्राभल कन्फरेन्स भने शुक्रबार हुनेछ ।

विशिष्ट लेखन शैली, उत्कृष्ट फोटो तथा भ्रमण अनुभव सामाजिक संजालमा पोष्ट गरिने सामाग्रीको प्रभावको हिस्सा बढ्दै गएका कारण ट्राभल व्यवसायको प्रवद्र्धनमा ब्लगिङको महŒव बढिरहेको पाटाले जनाएको छ । विभिन्न देशका पर्यटक आगमनसँगै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको पाटाले जनाएको छ । मार्टमा १०६ ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रसिद्ध वक्ताको सहभागिता रहनेछ । पाटाले यसअघि ६ पटक ट्राभल मार्ट आयोजना गरे पनि नेपालीको स्वामित्वमा भने भएको थिएन ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...