CG Electronics
IME Life
NIMB

यस्ता छन गर्मी मौसममा लाभदायी खाद्यपदार्थ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । गर्मीको समयमा धेरै पटक खाना खानाले असजिलो महसुस हुनुका साथै राम्रोसँग निद्रा नलाग्न सक्छ ।

गर्मीमा राति खाँदा स्वास्थ्यमा लाभ पुग्ने खाद्यपदार्थबारेमा जानिराख्नुपर्छ । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ ।

गर्मी मौसममा लाभदायी खाद्यपदार्थ निम्न छनः

 

लौका
लौकामा हाम्रो शरीरलाई फाइदा पु¥याउने थुप्रै गुण हुन्छन् । यसमा पानीको मात्रा धेरै हुने भएकाले गर्मीमा यसले शरीरलाई हाइड्रेट बनाइराख्छ । रातिको खानामा लौका खाएपछि पानी कम खादा पनि डिहाइडे«शन हुन पाउँदैन । यदि तपाईंलाई गर्मीमा कुनै पनि खाना राम्रोसँग पच्दैन भने लौकाको सेवन गर्नु वेश हुन्छ । लौकालाई तरकारी, अचार तथा खीर बनाएर पनि खान सकिन्छ ।

 

काँक्रो
काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानासँग सेवन गर्नु राम्रो हुन्छ । काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्नुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

 

फर्सी
फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य समावेश गर्नुहोस् । फर्सीको सेवनले शरीरमा ब्लड सुगर पनि नियन्त्रण हुन्छ ।

 

घिरौंला
घिरौंला गर्मी महीनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई तरकारीको रूपमा खानाले पाचनक्रिया राम्रो हुनुका साथै पेटसम्बन्धी समस्यामा सुधार ल्याउँछ ।

 

उसिनेको आलु
गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले राम्रो गर्छ । आलुमा कार्बोहाइड्रेट हुन्छ, जसलाई पचाउन सजिलो हुनुका साथै गर्मीसँग लड्न पनि सहयोग पुर्‍याउँछ । यसको सेवनले निद्रा पनि राम्रोसँग लाग्छ ।

 

दही
दहीमा प्रशस्त मात्रामा पोषक तत्त्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटसम्बन्धी समस्या हुँदैन । दहीको सेवनले शरीर शीतल बन्छ।

 

आर्थिक अभियान दैनिकको लागि मदन लामिछानेले.तयार पारेको सामाग्री

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...