CG Electronics
IME Life
NIMB

निर्वाचनको मिति सारेकोमा मुसलमान समुदाय खुसी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

१८ जेठ, गौशाला– सरकारले मुस्लिमको महान् पर्व रमजानलाई मध्यनजर गर्दै स्थानीय तहको दोस्रो निर्वाचनको मिति सारेकोमा महोत्तरीका मुसलमान समुदाय निक्कै खुसी भएका छन् ।

एक महिनासम्म दिनभरि भोकै बसेर मुस्लिमले मनाउने रमजान पर्वको बीचमा निर्वाचन भएमा मुस्लिम समुदाय सहभागी नहुने तथा भएपनि उत्साहजनक उपस्थिति नहुने भन्दै विभिन्न जिल्लाका मुस्लिम समुदायले सरकारलाई पटक पटक आग्रह गरेपछि सरकारले मुस्लिमको पर्वलाई मध्यनजर गर्दै निर्वाचनको मिति सारेपछि महोत्तरीको मुस्लिम समुदाय सरकारलाई धन्यवाद दिँदै खुसी भएका छन् ।

आगामी असार १३ गतेका दिन मुस्लिमको रमजान पर्व सकिने र १४ गते उनीहरु उत्साहका साथ स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भन्दै सरकारले निर्वाचनको मिति सारेकामा उनीहरु निक्कै खुसी भएको जलेश्वर–१२ का मुस्लिम अगुवा जीवछ मोमिनले बताए ।

करीब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको बेला मुस्लिमको महान् पर्व रमजान परेपछि अधिकांश मुसलमान मतदाता मतदानबाट वञ्चित हुने तथा पर्वसमेत खल्लो हुने र दिनभरि भोकभोकै लाइनमा बसेर मतदान गर्न नसकिने चौतर्फी कुरा आएपछि सरकारले निर्वाचनको मिति सारेपछि आउँदो निर्वाचनमा मुस्लिम मतदाता अब उत्साहका साथ उल्लेख्य उपस्थितिमा मतदान गर्ने सिमदहीका मुस्लिम माओवादी नेता आविद हुसैनले बताए ।

अहिले महोत्तरीको विभिन्न गाउँठाउँमा मुस्लिम मतदाता स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने भएको भन्दै खुसी मनाउन थालेका छन् भने कति त चुनाव लड्ने तयारीमा पनि जुटेका छन् ।

रासस

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...