IME Life
NIMB

देउवा नेतृत्वको सरकारमा गृह माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने

NIMB
Himalayan Bank


१८ जेठ, काठमाडौं-  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने नयाँ सरकारमा गृह मन्त्रालय माओवादी केन्द्रले लिने भएको छ । अर्थ मन्त्रालय कांग्रेसले राख्नेछ भने अन्य मन्त्रालयको भागवण्डा हुन बाँकी छ । सम्भवतः आज बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् । लगत्तै संसदले आफ्नो प्रक्रिया थाल्नेछ ।

यदि भरतपुर काण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेर भने २१ गतेसम्म प्रधानमन्त्रीको चुनाव गरिसक्ने सत्तारुढ दलको तयारी छ ।

माओवादीले पूर्वसहमति अनुसार प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने बताइसकेको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि देउवा सरकारमा रहनेछ भने राप्रपा सकारात्मक देखिएको छ ।

मन्त्रालय भागवण्डाबारे भने सहमति जुट्न बाँकी छ । तर, गृह माओवादीले र अर्थ कांग्रेसले राख्ने पूर्व सहमति कार्यान्वयन हुने नेताहरुले बताएका छन् ।

कांग्रेस नेता रमेश लेखकले अर्थ र गृहबारे सहमति भइसकेको अनलाइनखबरलाई बताए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अर्थ प्रधानमन्त्रीको दलले र गृह प्रमुख सत्ता साझेदार दलले लिने पूर्व सहमति नै भएको बताए ।

प्रचण्ड सरकारमा अर्थ मन्त्रालय माओवादीले राखेको थियो भने गृह कांग्रेसले पाएको थियो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...