करिनाका छोरा तैमुर पहिलो पटक मिडियामा सार्वजनिक
Saturday Jun 03, 2017
वि.सं.२०७४ जेठ २० शनिवार ०९:११

२० जेठ, एजेन्सी– तैमुर अली खान पटौदी सबैभन्दा क्यूट स्टार किडमध्येका एक हुन् । तुषार कपुरका छोरा लक्ष्यको पहिलो जन्मदिनमा खिचिएका उनका तस्बिर यसका प्रमाण हुन् । पाँच महिनाका शिशु तैमुर अली खानले लक्ष्यको जन्मदिनमा सबैको ध्यान आफूतर्फ खिच्न सफल भए ।

निलो डेनिम र सर्ट लगाएका उनी निकै क्युट देखिएका थिए । आमा करिना कपुर भने कालो डेनिम, निलो रङको सर्ट लगाएर कार्यक्रममा उपस्थित भएकी थिइन् ।
आमा करिनाको अंगालोमा बाँधिएका तैमुरको फोटो खिच्न फोटोग्राफरहरुबिच तँछाडमँछाड नै भएको थियो ।
करिनाले आफ्नो छोरालाई पहिलो पटक मिडियामा सार्वजनिक गरेकी हुन् । उनले आफ्ना छोरालाई क्यामराको अगाडि हात हल्लाउन पनि सिकाइरहेकी थिइन् ।






















