IME Life
NIMB

अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुदै

NIMB
Himalayan Bank

 

२० जेठ, काठमाडौँ– दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल-२०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ ।

गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तर्राष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरव बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिए ।

नेपालका तर्फबाट वरिष्ठ वाद्यवादक प्रा न्हुछेबहादुर डङ्गोल, वरिष्ठ वाद्यगुरु एवम् बाँसुरी वादक धर्म मुनिकार र सारङ्गी वादक सुजिना वज्राचार्य सो साङ्गीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जानेछन् ।

बाजा प्रदर्शनीमा नेपालका पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारङ्गी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, बाँसुरी, बय्, ताः बबूलगायत समावेश हुनेछ । विश्वका परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धूनसमेत प्रस्तुत गरिने छ ।
रासस

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...