nic bank
Nmb bank
Machhapuchchhre Bank

अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

२० जेठ, काठमाडौँ– दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल-२०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको छ ।

गेङसाङबुक–डु प्रदेश र गेङजुको सहयोगमा हुने उक्त महोत्सवमा विश्वका ३० मुलुकका विभिन्न बाजा प्रदर्शनी हुने छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्षु तपस्सी धम्मले काठमाडौँ उपत्यकाका नेवार समुदायले प्राचीन समयदेखि बजाउँदै आएका विभिन्न बाजा अन्तर्राष्ट्रिय तहमा प्रचारका साथै प्रवद्र्धन गरी मुलुकको गौरव बढाउने उद्देश्यले सो कार्यक्रममा सहभागी हुन लागिएको जानकारी दिए ।

नेपालका तर्फबाट वरिष्ठ वाद्यवादक प्रा न्हुछेबहादुर डङ्गोल, वरिष्ठ वाद्यगुरु एवम् बाँसुरी वादक धर्म मुनिकार र सारङ्गी वादक सुजिना वज्राचार्य सो साङ्गीतिक महोत्सवमा भाग लिन यही जेठ २३ गते दक्षिण कोरिया जानेछन् ।

बाजा प्रदर्शनीमा नेपालका पछिमा, कोंचाखिं, नगरा, पोंगा, कान्तां डबडब, सारङ्गी, मादल, नरसिङ्गा, कर्नाल, सहनाई, बाँसुरी, बय्, ताः बबूलगायत समावेश हुनेछ । विश्वका परम्परागत फुक्ने बाजाको महोत्सव हुने सो कार्यक्रममा नेपालको परम्परागत ऋतु धूनसमेत प्रस्तुत गरिने छ ।
रासस

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

वि.सं.२०८० माघ ७ आइतवार ०९:३८

  संचालन,लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा...

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१९

  काठमाडौं । जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता...

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित, बिक्रीबाट आउने सबै रकम असाहय वृद्धावृद्धालाई

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक...

वि.सं.२०८० भदौ ३० शनिवार २१:५८

    काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...

‘सिनेमाघर एप’मा रिलिज भयो ‘महापुरुष’, कसरी हेर्न सकिन्छ ?

‘सिनेमाघर एप’मा रिलिज भयो ‘महापुरुष’, कसरी हेर्न...

वि.सं.२०८० भदौ ८ शुक्रवार २१:३४

काठमाडौँ। हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र ुमहापुरुषु शुक्रवारबाट नेपालको...

सरकारले कला संस्कृति क्षेत्रलाई उपेक्षा गरेको अध्यक्ष जबराको दुखेसो

सरकारले कला संस्कृति क्षेत्रलाई उपेक्षा गरेको अध्यक्ष...

वि.सं.२०८० साउन १४ आइतवार १८:४८

  काठमाडौं । नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबराले...