nic bank
himalayan everesat
Nmb bank

नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ महोत्सव गरिदै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं-  नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव गर्न लागिएको हो ।

राजधानीबाट ३० किलोमिटर दूरीमा अवस्थित ककनी गाउँपालिका वडा नं ५ मा जेठ २६ र २७ मा महोत्सव हुन लागेको हो । नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

“प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो”–एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भने । सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतीस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।

एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

नेपालका २२ बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाइएको छ । छाँगावरोहणका लागि पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

तेस्रो महोत्सवका सन्दर्भमा सातजना छाँगावरोहणका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम दिइने छ ।

एसोसिएसनले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने/गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ । रासस

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ : उदय चापागाइँ

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:१८

  –नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ । –नीजि क्षेत्रका...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

वि.सं.२०८० चैत १३ मंगलवार २०:०४

  काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण...

वि.सं.२०८० चैत १ बिहीवार १७:०४

  ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा...

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा...

वि.सं.२०८० फागुन २५ शुक्रवार २०:०६

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल...

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड...

वि.सं.२०८० फागुन २ बुधवार १७:५९

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत,...