IME Life
NIMB

नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ महोत्सव गरिदै

NIMB
Himalayan Bank

 

काठमाडौं-  नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोटको भुलभुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भइरहेका बेला पछिल्लो समयमा पहाडका अग्ला झरनाबाट डोरीको सहायतामा झर्दै खेलिने छाँगावरोहणप्रति स्वदेशी विदेशीको आकर्षण बढाउन महोत्सव गर्न लागिएको हो ।

राजधानीबाट ३० किलोमिटर दूरीमा अवस्थित ककनी गाउँपालिका वडा नं ५ मा जेठ २६ र २७ मा महोत्सव हुन लागेको हो । नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्ट एसोसिएसन नेपाल तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने सो महोत्सवमा स्वदेशी, विदेशी गरी ३०० सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

“प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो”–एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भने । सन् २०१३ मा पहिलो भोटेकोसी महोत्सव गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतीस्थित छहरे झरनामा दोस्रो महोत्सव गरेको थियो ।

एसोसिएसनले छाँगावरोहणबारे प्रचारप्रसार गरी यसको प्रवद्र्धन गर्न कार्यशाला, आधारभूत एवम् पुनर्ताजगी प्रशिक्षण चलाउँदै आएको छ । सिन्धुपाल्चोक, मनाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, स्याङ्जा, लमजुङ, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् ।

नेपालका २२ बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाइएको छ । छाँगावरोहणका लागि पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।

तेस्रो महोत्सवका सन्दर्भमा सातजना छाँगावरोहणका प्रशिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम दिइने छ ।

एसोसिएसनले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने/गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ । रासस

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...