IME Life
NIMB

कार्कीनेटामा पर्यटक सहजताका लागि पदमार्ग निर्माण

NIMB
Himalayan Bank

पर्वत – फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ । धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य पर्यटकलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १० लाखको सहयोगमा निर्माण हुन लागेको पदमार्गको शुक्रबार फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले शिलान्यास गर्दै स्थानीय अवसर र सम्भावनाको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
विसं २०४८ मा धौलागिरि क्षेत्रमा सडक सुविधा आएपछि उक्त स्थान ओझेलमा परेको थियो । त्यसअघि पर्वत, बागलुङ र म्याग्दीका बासिन्दाले पोखरा, बुटबल, स्याङ्जा र काठमाडौं लगायत स्थानमा जानका लागि सोही पदमार्गको प्रयोग गर्दै आएका थिए ।

सोही पदमार्ग हुँदै पैदल वा खच्चरमार्फत सामान आयात हुने गरेको स्थानीयवासीको भनाइ छ । झन्डै दुई किमी लामो उक्त पदमार्ग निर्माणपछि यस क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीयवासीलाई हिँडडुलका लागि सहज हुने भएको छ । आगामी एक वर्षभित्र उक्त पदमार्ग बनाउने लक्ष्य लिइएको छ ।
रासस

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...