IME Life
NIMB

अमेरिकामा रहेका पत्रकारहरुको संगठन नेजाले ‘सांगीतिक साँझ’आयोजना गर्दै

NIMB
Himalayan Bank

२० जेठ, डालस(अमेरिका) – अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन (नेजा)ले यही जुन १७ गते ‘सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ ।

विभिन्न दुर्घटनाका घाइते, बिरामी वा मृत्यु हुने पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेजाका क्षेत्रिय संयोजक किशन रेग्मीका अनुसार, ‘विभिन्न खाले गतिबिधि गर्दै आएको नेजाको यो कार्यक्रम डालसमा गरिने छ ।’नेजा सांगीतिक साँझका आकर्षणमा लामो समय देखि नेपाली लोक गीतमा क्रियाशील चर्चित लोक गायक बिमल डाँगी रहेका छन् । डाँगी हाल अमेरिकाकै न्यु योर्कमा बसोबास गर्दै आएका छन् ।

‘पानसमा बत्ति बालेको’ बोलको गीतबाट सर्वाधिक चर्चाको शिखरमा रहेका डाँगीले हालसालै परदेशीहरुको व्यथा समेटिएको ‘भैयो परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् ।त्यस्तै नेपाली आधुनिक पप गीतका अर्का सर्वाधिक रूचाइएका गाएक दिपेश किशोर भट्टराई पनि कार्यक्रमको आकर्षण हुन् । ‘मलाई माफ गरिदेउ’, ‘मेरा लोभी नजर’ बोलको गीतबाट नेपाल संगीत बजार हल्लाएका भट्टराई सांगीतिक साँझमा प्रस्तुति दिन डालस आउंदैछन् । उक्त अवसरमा उनले आफ्ना अन्य सुमधुर गीत गाएर मनोरञ्न दिनेछन ।

अन्य आकर्षणहरुमा ‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट देश विदेशमा रहेका नेपालीबाट चर्चा कमाएका समिर आचार्य अस्ट्रेलियाबाट अमेरिका आउंदै छन् । उनले हालै मात्र आफ्नो जन्मदिनको अवसरमा ‘नक्कली काली’ भन्ने गीत बजारमा ल्याएका छन् । ‘चट्ट सलाम छु, ‘कुटु कुटुु, ‘हैन भन्देउ न माया हैन’ जस्ता लोक पप गीत समिरले गाएका छन् । त्यस्तै गायिका गीता बुर्लाकोटीले पनि उक्त अबसरमा प्रस्तुत राख्ने छिन् । हाँस्य कलाकार नारायण त्रिपाठीले पनि साँझमा प्रस्तुती राख्नेछन ।

नृत्यमा ‘दर्पण छायाँ २’ कि नायिका सहारा कार्की, अदिती हमाल ठकुरी, अनु खड्का र स्थानिय कलाकारहरु हुनेछन् । चर्चित तथा अत्याधिक रूचाइएका कलाकारका कारण पनि सांगीतिक साँझ भव्य हुने आयोजकको दावी छ ।

सम्पूर्ण कलाकारहरुको प्रस्तुति जम्मा २० डलर मा राति १ बजे सम्म हेर्न पाइने छ । दर्शकले तिरेको पैसाको केही भाग कल्याणकारी कोषमा पनि जम्मा गर्ने आयोजकको योजना छ ।

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...