IME Life
NIMB

एनसेल भयो प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित

NIMB
Himalayan Bank

 

 २२ वैशाख, काठमाण्डौँ- मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सौर्य लघुग्रिड सञ्चालकसँग सहकार्य गर्दै स्थानीयवासीलाई सञ्चार तथा ऊर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो ।

एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्टअन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’ चाइना युनिकमको इन्टरनेट अफ थिंकस्मा आधारित स्मार्ट पार्किङ र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ।

टेलिकम एसियाका स्वतन्त्र निर्णायक मण्डलले नवीनता, वित्तीय प्रदर्शन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासनलगायतका मापदण्डका आधारमा प्रोजेक्टको मूल्यांकन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए । मलेसियामा आयोजित २०औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकी कर्पोरेट निर्देशक सञ्जु कोइरालाले सो अवार्ड ग्रहण गरेकी थिइन् । ‘राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रिड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो प्रोजेक्टले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकामा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधैं कटिबद्घ रहेको छ भन्ने प्रमाण हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

यो परियोजनामा एनसेल तथा स्थानीय लघुग्रिड सञ्चालक घाम पावर नेपाल प्रालिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ तथा उदयपुर जिल्लाका समुदायमा ऊर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।

यसले स्थानीय तहमा नयाँ अवसरहरूको सिर्जना गरेको छ । यो आयोजनाले ३१ गाविसका बासिन्दामाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रिडहरूसँग सौर्य ऊर्जा आपूर्तिको थप क्षमता पनि भएकाले स्थानीय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरको सिर्जना भएको छ ।

भरपर्दो मोबाइल सेवा तथा ऊर्जा आपूर्तिका कारण साना तथा मझौला उद्योगहरूजस्तै इलेक्ट्रिक ग्राइन्ङिङ मिल, कम्प्युटर सेन्टरहरू, रेस्टुरेन्ट र पेट्रोल पम्पहरू खुलेका छन् र स्थानीयस्तरमा नै रोजगारीका अवसर सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरूले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मट्टीतेलका बत्तीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबाट मुक्ति मिलेको छ । समाजमा विभिन्न योगदान पु-याएबापत एनसेल गत वर्ष पनि अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुयसन्स्’ विधामा जीएसएमएबाट ग्लोबल मोबाइल अवार्डस् २०१६ र फ्रोस्ट एन्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।आजको  राजधानी दैनिकमा समचार छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...