Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एनसेल भयो प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित

 

 २२ वैशाख, काठमाण्डौँ- मोबाइल सेवा प्रदायक कम्पनी एनसेल एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सौर्य लघुग्रिड सञ्चालकसँग सहकार्य गर्दै स्थानीयवासीलाई सञ्चार तथा ऊर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो ।

एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्टअन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’ चाइना युनिकमको इन्टरनेट अफ थिंकस्मा आधारित स्मार्ट पार्किङ र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ।

टेलिकम एसियाका स्वतन्त्र निर्णायक मण्डलले नवीनता, वित्तीय प्रदर्शन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासनलगायतका मापदण्डका आधारमा प्रोजेक्टको मूल्यांकन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए । मलेसियामा आयोजित २०औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकी कर्पोरेट निर्देशक सञ्जु कोइरालाले सो अवार्ड ग्रहण गरेकी थिइन् । ‘राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रिड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो प्रोजेक्टले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकामा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधैं कटिबद्घ रहेको छ भन्ने प्रमाण हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

यो परियोजनामा एनसेल तथा स्थानीय लघुग्रिड सञ्चालक घाम पावर नेपाल प्रालिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ तथा उदयपुर जिल्लाका समुदायमा ऊर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।

यसले स्थानीय तहमा नयाँ अवसरहरूको सिर्जना गरेको छ । यो आयोजनाले ३१ गाविसका बासिन्दामाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रिडहरूसँग सौर्य ऊर्जा आपूर्तिको थप क्षमता पनि भएकाले स्थानीय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरको सिर्जना भएको छ ।

भरपर्दो मोबाइल सेवा तथा ऊर्जा आपूर्तिका कारण साना तथा मझौला उद्योगहरूजस्तै इलेक्ट्रिक ग्राइन्ङिङ मिल, कम्प्युटर सेन्टरहरू, रेस्टुरेन्ट र पेट्रोल पम्पहरू खुलेका छन् र स्थानीयस्तरमा नै रोजगारीका अवसर सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरूले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मट्टीतेलका बत्तीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबाट मुक्ति मिलेको छ । समाजमा विभिन्न योगदान पु-याएबापत एनसेल गत वर्ष पनि अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुयसन्स्’ विधामा जीएसएमएबाट ग्लोबल मोबाइल अवार्डस् २०१६ र फ्रोस्ट एन्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।आजको  राजधानी दैनिकमा समचार छ ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...