CG Electronics
IME Life
Ncell NPL

‘झेली’ ले करिअरलाई नै झेल गर्‍यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

२७ जेठ, काठमाडौँ-  करिअरको सुरुवातमा लिएको एउटा गलत निर्णयले एक कलाकारको करिअर कतिसम्म हरिविजोग हुन्छ भन्ने नायिका सुरविना कार्कीलाई हेर्दा पनि प्रष्ट हुन्छ । सुरविनालाई पहिलो फिल्म ‘झेली’ गर्दा लाग्थ्यो ‘अब म स्टार भएँ किन अरुसँग बोल्नु ?’ तर, ‘झेली’ ले उनको करिअरलाई नै झेल गर्‍यो ।

‘झेली’ मा काम गरेको बखत ‘अब मैले फिल्म खेलिहाले, जो पायो त्यहीसँग किन बोल्नु ?’ उनले मान्छेलाई मान्छे पनि गन्न छाडेकी थिइन् तर ‘झेली’ रिलिज भएपछि उनलाई थाहा भयो कि अब आफूलाई चाहीँ कसैले मान्छे नगन्ने भए । कतिका लागि पहिलो फिल्म नै करिअर मस्काउने जादूको छडी बन्छ त कतिको पहिलो फिल्मले नै करिअरमा पूर्णविराम लगाइदिन्छ । नायिका सुरविनका लागि पहिलो फिल्म नै करिअर अगाडि बढ्न नसक्ने तिखो काँडा भएर उम्रियो । हुनत, उनले ‘झेली’ पछि झण्डै आधा दर्जन फिल्ममा काम गरिन् तर यी सबै फिल्म उठ्न नसक्ने गरि असफल भए ।

कमजोर अभिनय तर हट दृश्यका कारण सुरविना फिल्म ‘झेली’ रिलिजताका खुबै चर्चामा थिइन् तर यो चर्चाले उनलाई सुखद समाचार भने दिएन । ‘लुकामारी’, ‘सुश्री’, ‘होमवोर्क’ लगायतका फिल्ममा काम गरेकी सुरविनाको नयाँ फिल्म ‘चर्खा’ रिलिजको तयारीमा छ । सुरविनालाई फिल्म ‘झेली’ कै कारण अहिले राम्रो ब्यानरबाट फिल्मको अफर आएका छैनन् । अब राम्रो ब्यानर र उत्कृष्ट कथावस्तु भएको फिल्म मात्र गर्छु भनेर बसेकी सुरविनालाई कसले अफर गर्ला ? पत्याउलान् निर्माताले ? अब यो त समयले देखाउनेछ ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...