संजय दत्तकी श्रीमतीसँग जोडिएका केही रोचक कुराहरु

Sunday Jun 11, 2017
वि.सं.२०७४ जेठ २८ आइतवार १०:३६

एजेन्सी- संजय दत्त बलिउडमा आफ्नो तगडा फिर्ताका लागि तयार छन् । उनको कम ब्याक फिल्म ‘भूमी’ को सुटिङ पूरा भइसकेको छ । यो फिल्ममा संजयसँग अदिति राव हैदरी देखिनेछन् । ‘भूमि’ को सेटमा धेरैजसो संजय दत्तकी श्रीमती मान्यता र बच्चाहरुलाई देखिन्छ । तीनैजना संजय दत्तलाई समर्थन गर्नका लागि सेटमा जाने गर्दछन् ।
संजय दत्तसँग नाम जोडिनुका अलावा मान्यताले आफ्नो भिन्न एक पहिचान बनाएकी छिन् । मान्यता धेरैजसो बोल्ड अवतारमा बच्चासँग देखिन्छिन् । तर उनी आफ्नो परिवार र बच्चालाई पनि निकै राम्रोसँग सम्हाल्ने गर्दछिन् ।
आज हामी तपाईंलाई संजय दत्तकी श्रीमतीसँग जोडिएका केही जानकारी दिँदैछौं ।
मान्यता यतिबेला संजय दत्त प्रोडक्शनकी सिइओ हुन् । उनी संजयको सबै काम सम्हाल्छिन् ।
सायद तपाईंलाई थाहा छैन होला मान्यता पनि एक बलिउड नायिका हुन् । मान्यताले फिल्म निर्माता प्रकाश झाको फिल्म ‘गंगाजल’ मा आइटम नम्बर गरेपछि चर्चा पाएकी हुन् । फिल्मको आइटम गीत ‘अल्हड जवानी’ मा मान्यताको बेजोड नृत्य देख्न सकिन्छ ।
मान्यताको जन्म एक मुश्लिम परिवारमा भएको थियो । पहिला मान्यताको नाम दिलनवाज शेख थियो । मान्यता दुबईमा हुर्किएकी थिइन् । मान्यता जब बलिउडमा आइन् तब उनले आफ्नो नाम सारा खान राखेकी थिइन् । तर प्रकाश झाको फिल्ममा आइटम नम्बर गरेपछि उनले आफ्नो नाम परिवार्तन गरेर मान्यता राखेकी थिइन् ।
मान्यताको पिताको दुबईमा व्यापार थियो । उनको मृत्युपछि घर सम्हाल्ने जिम्मेवारी उनीमाथि आएको थियो । यसैबाट उनको फिल्मी करियरमा ब्रेक लागेको थियो । उनी आफ्नो पारिवारिक व्यवसायमा धेरै ध्यान दिन थालेकी थिइन् ।
मान्यता एक चर्चित नायिका बन्न चाहन्थिन् । तर उनले कहिले पनि ठूलो फिल्मका लागि अफर पाइनन् । जसका कारण उनले बी र सी ग्रेड फिल्ममा काम गर्न सुरु गरिन् । मान्यताले सोच्न थालेकी थिइन् सायद प्रकाश झाको फिल्ममा आइटम नम्बर गरेपछि उनले फिल्म पाउन सुरु गर्नेछिन् । तर यस्तो केही भएन ।
मान्यताको भाग्य त्यतिबेला परिवर्तन भयो जब संजय दत्तले मान्यताको एक सी ग्रेड फिल्म ‘लभर्स लाइक अस’ को राइट्स २० लाख भारुमा खरिद गरे । यसै भेटघाटमा पहिलो पटक संजय दत्त र मान्यताको भेट भयो । त्यतिबेला संजय दत्तले एक जूनियर आर्टिस्ट नाडिया दुरानीसँग डेट गरिरहेका थिए ।
मान्यता कसैलाई केही नभनी संजयलाई भेट्न जान थालिन् । जतिबेला नाडिया शहरबाट बाहिर जान्थिन् तब मान्यता संजयलाई भेट्न उनको घरैमा जान्थिन् । उनी संजय दत्तलाई धेरैजसो आफ्नो हातले बनाएको खाना ख्वाएर प्रभावित गर्न कोसिस गर्दथिन् । त्यतिबेला संजय दत्तलाई उनले के गरिरहेकी छिन् भन्ने थाहा हुँदैनथ्यो ।
एकतर्फ नाडिया थिइन् जो सधैं संजयको क्रेडिट कार्डबाट शपिङ गर्दथिन् । अर्केतर्फ मान्यता थिइन् जसले कहिले पनि संजयसँग केही मागिनन् । यसै कारण संजयको झुकाव मान्यतातर्फ बढ्यो । सन् २००८ मा संजयले मान्यतासँग विवाह गरिन् । त्यतिबेला मान्यताको उमेर २९ वर्ष थियो जबकी संजय ५० वर्ष थिए ।
दुबैको विवाहको संजयको परिवारले निकै विरोध गरेका थिए किनभने दुबैको उमेरमा करिब २० वर्षको फरक थियो । मान्यता, संजयकी छोरी त्रिशालाभन्दा केही वर्षमात्र जेठी थिइन् । यस्तोमा कसैले पनि मान्यतालाई स्विकार गरेका थिएनन् । तर संजयलाई मान्यतामाथि पूर्ण विश्वास थियो । सन् २०१० मा मान्यताले जुम्ल्याहा सन्तान शरान र इकरालाई जन्म दिइन् ।