चलचित्र ‘मन्दिरा’ को यस्तो छ नया गीत हेर्नुस भिडियो

Monday Jun 12, 2017
वि.सं.२०७४ जेठ २९ सोमवार ०६:४२

२९ जेठ,काठमाडौं– श्रीमान् श्रीमतीको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश र त्यसले निम्त्याउने समस्याको बिषयमा निर्माण भएको चलचित्र हो ‘मन्दिरा’ । एउटै घर भित्र छायाँकन गरिएको भनेर प्रचार गरिएको दीपेश सापकोटाले निर्देशन गरेका हुन् ।
असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नवकलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ ।
भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सहनिर्माता सन्तोष सेढाई हुन् ।
चलचित्रको एक गीत भर्खर सार्वजनिक गरिएको छ ।
सम्हालु कसरी बोलको गीतमा चलचित्रका मुख्य कलाकारको अभिनय रहेको छ ।