CG Electronics
IME Life
NIMB

चिन्ता नलिनुस म छु नि नेपालगन्जलाई हेर्ने- प्रचण्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


८ असार, नेपालगञ्ज- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुमाथि सौतेनी व्यवहार हुन्छ कि भन्ने चिन्ता नगर्न नेपालगञ्जबासीलाई आग्रह गरेका छन् । नेपालगञ्जको अभिभावकत्व आफूले लिने उनको घोषणा छ ।

 

नेपालगञ्ज उपमहानगरपालिकामा बिहीबार आयोजित माओवादी केन्द्रको चुनावी सभामा पार्टी उम्मेदवारलाई भोट माग्दै प्रचण्डले केन्द्रमा सिधै कुरा राख्ने कोही नेता भएन भनेर चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘टुहुरो जस्तो भइयो । सैतेनो व्यवहार हुने हो कि भन्ने चिन्ता रहेको पाएँ । तपाईहरुको अभिभावकत्व म ग्रहण गर्नेछु ।’

 

माओवादीका मेयरका उम्मेदवार दामोदर शर्मासँग आफ्नो ‘हटलाइन’ सम्पर्क रहेको भन्दै उनले भने, ‘दामोदरजीमार्फत नेपालगञ्जमा हुने गतिविधिमा सिधै सहयोग गर्नेछु । प्रचण्ड प्रत्यक्ष रुपमा तपाईहरुको साथमा छ । विकास निर्माणमा हेडक्वाटर र सरकार साथमा छ ।’

पूर्वाधारका केही समस्या रहेकाले नेपालगञ्जलाई अहिले नै महानगर बनाउन नसकिएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयकै अन्तरालमा महानगर बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

उनले नेपालगञ्जलाई औद्योगिक हब बनाउन पहल गर्ने आश्वासन समेत दिएका छन् । आफू प्रधानमन्त्री नभएपछि आफ्नो पार्टी सरकारमा रहेको भन्दै उनले भने, ‘नेपालगञ्जलाई कदापी पछि पर्न दिइने छैन । पश्चिम नेपालको हब बनाउन पहल गर्नेछु ।’

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...