Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रहरी संगठनभित्र गुटबन्दी गरेको पाइए कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

Machhapuchchhre Bank Limited

७ असार, चितवन- गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई अनुशासित र मर्यादित बनाउनु पर्ने स्पष्ट पार्दै संगठनभित्र गुट-उपगुट, राजनीतिक गन्ध, गुटबन्दी गरेको पाइए राज्यलाई स्वीकार्य नुहने र त्यस्तामा संलग्नलाई कारबाही गर्ने चेतावनी दिए ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा बुधबार प्रहरी सहायक निरीक्षकको आधारभूत तालिमको १७३औं दीक्षान्त समारोहमा बोल्दै मन्त्री शर्माले प्रहरी संगठनभित्र गुट-उपगुटसहितको राजनीति राम्रो नहुने बताए । मन्त्री शर्माले कर्तव्य पालनाका क्रममा प्रहरी महानिरीक्षक र प्रहरी जवानको उद्देश्य एउटै रहेको बताए । उनले प्रहरीका बारेमा धेरै नकारात्मक टिप्पणीहरु आउने गरेकाले अनुशासित र जनताको विश्वासिलो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।

प्रहरी संगठनभित्र राजनीतिक गन्ध, गृटबन्दी र विभाजन आफूलाई कुनैपनि हालतमा सह्य नहुने भन्दै त्यस्ता कार्यमा प्रहरी संलग्न भएमा कारवाही गर्ने चेतावनी दिए । मानवअधिकारको रक्षा र निष्ठापूर्वक काम गर्न उनले दीक्षित प्रहरी सहायक अधिकृतहरुलाई निर्देशन दिए । उनले सिपाहीदेखि प्रहरी महानिरीक्षक सबै चेन अफ कमाण्डबाट प्रहरी संगठन सञ्चालन गर्नुपर्ने बताए । तालिममा सहभागी १ सय ५० जना प्रहरीले प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरी कार्य क्षेत्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी सदैव राष्ट्र र जनताको सेवामा समर्पित रहेको बताए । दीक्षान्त समारोहपछि प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले टिकापुर घटनाका बारेमा पीडितलाई न्याय दिलाउन सरकार कटिबद्ध रहेको बताए ।

 

उक्त घटनाका योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले ठूलो रकम दिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री शर्माले घुमाउरो पाराले टिकापुर घटनामा कसैलाई अन्याय नुहने तथ्यहिन जवाफ दिए ।

खुसीको माहोल
कार्यक्रमपछि प्रहरी सहायक निरीक्षकको फुली लगाउने बेला अभिभावकहरु निकै खुसी देखिएका थिए । उनीहरु आफ्ना छोरा छोरीलाई फूलमाला अबिर र मिठाई खुवाएर स्वागत गरेका थिए । केही घण्टासम्म कार्यक्रमस्थल निकै रोमाञ्चक बनेको थियो । अभिभावक र उनीहरुबीच खुसी साटासाट गरेका थिए ।
श्रोत : कान्तिपुर दैनिक

 

 

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

वि.सं.२०८१ चैत ४ सोमवार २२:५५

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा...

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा सम्पन्न

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण...

वि.सं.२०८१ चैत ४ सोमवार ०८:४७

  काठमान्डाै। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सात स्थित नबदुर्गा...

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग ३० प्रतिशतले बृद्धि

दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग बढ्दो, माग...

वि.सं.२०८१ फागुन २९ बिहीवार २०:४०

  काठमाडौं । दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू...

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा...

वि.सं.२०८१ फागुन २५ आइतवार २१:५२

  काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण...

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

सामसङले नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार २१:०८

  काठमाडौं । गर्मीको मौसमलाई ध्यानमा राख्दै सामसङले नयाँ बिस्पोक...

Pradip Pariyar Appointed to World Economic Forum’s Global Future Council on Leadership

Pradip Pariyar Appointed to World Economic Forum’s...

वि.सं.२०८१ फागुन १८ आइतवार २०:३३

  Kathmandu. Dalit rights activist Pradip Pariyar has been appointed...