Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कैलाली पुगेर यसो भने प्रचण्डले

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

९ असार, कैलाली– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धनगढी उपमहानगरपालिकालाई छिट्टै महानगरपालिका बनाउने घोषणा गरेका छन् । शक्रबार कैलालीको फुलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अत्तरिया र धनगढीलाई जोडेर धनगढी महानगरपालिका बनाउने आफनो पार्टीको योजना रहेको बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धनगढीका सबै उम्मेदवारलाई विजयी गराएमा यो सम्भव रहेको पनि बताए । उनले आफ्नो १० महिने कार्यकाल सफल भएको दाबी गर्दै यसरी नै माओवादीले दश वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताए ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दश महिनाको अवधिमा उल्लेख्य आर्थिक बृद्धिदर आएको बताए । ‘अघिल्लो वर्षसम्म एक प्रतिशतमा रहेको आर्थिक वृद्धिदर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर साढे सात प्रतिशत पुग्यो’ विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिग हुने गरेकोमा १० महिनाको कार्यकालमा लोडसेडिङ मुक्त गर्न सकेको समेत प्रचण्डको भनाई थियो ।

राष्ट्रवादका खोक्रा नारामात्र लगाएर देशको विकास नहुने भन्दै प्रचण्डले एमालेप्रति संकेत गर्दै भने ‘केही दलहरु राष्ट्रवादको नारा त लगाउँछन्, आश्वासन पनि दिन्छन् तर भनेजसरी काम गर्दैनन् यसरी हुन्छ विकास ?’ उनले छिमेकी मुलक चीनले लागू गरेको ‘वान वेल्ट वान रोड’ नीतिअन्तरगत रहेर चीनसंग सम्झौता भएको र चीनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने तथा उल्लेख्य रोजगारीका अवसर सिर्जना हुनसक्ने बताए ।

 

नेकपा माओवादीका कारणले नै देशमा स्थायी शान्ति, गणतन्त्र, धर्म निरपक्षेता, संविधान लगायतका महत्वपूर्ण कामहरु भएको स्मरण गर्दै नेता प्रचण्डले अबको बाटो भनेको राष्ट्रलाई समृद्धि र संविधान कार्यान्वयन गराउनु रहेका र त्यसका लागि माओवादी केन्द्रको नेतृत्व आवश्यक हुने बताए ।

 

उनले स्थानीय तहको निर्वाचनमा जनतालाई योग्य व्यक्तिलाई मत दिएर विजयी गराउन आग्रह समेत गरे ।

चुनावी सभामा माओवादी केन्द्रका ७ नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य हरिराम चौधरी (उत्सव), पोलिटव्यूरो सदस्य टेकेन्द्र भट्ट, लालबहादुर सोडारी, जिल्ला प्रवक्ता रमेश धामी, केन्द्रीय सदस्य प्रकाश रावल, मेयरका उम्मेदवार रामसमझ राना, उपमेयरका उम्मेदवार शान्ति अधिकारी लगायतको सहभागिता रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश भट्टराईले जानकारी दिए ।

– रातोपाटिमा खबर छ

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...