CG Electronics
IME Life
Ncell NPL

कैलाली पुगेर यसो भने प्रचण्डले

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

९ असार, कैलाली– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धनगढी उपमहानगरपालिकालाई छिट्टै महानगरपालिका बनाउने घोषणा गरेका छन् । शक्रबार कैलालीको फुलबारीमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अत्तरिया र धनगढीलाई जोडेर धनगढी महानगरपालिका बनाउने आफनो पार्टीको योजना रहेको बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धनगढीका सबै उम्मेदवारलाई विजयी गराएमा यो सम्भव रहेको पनि बताए । उनले आफ्नो १० महिने कार्यकाल सफल भएको दाबी गर्दै यसरी नै माओवादीले दश वर्षसम्म काम गर्न पाए नेपाल समृद्धिको शिखरमा पुग्ने बताए ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दश महिनाको अवधिमा उल्लेख्य आर्थिक बृद्धिदर आएको बताए । ‘अघिल्लो वर्षसम्म एक प्रतिशतमा रहेको आर्थिक वृद्धिदर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर साढे सात प्रतिशत पुग्यो’ विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिग हुने गरेकोमा १० महिनाको कार्यकालमा लोडसेडिङ मुक्त गर्न सकेको समेत प्रचण्डको भनाई थियो ।

राष्ट्रवादका खोक्रा नारामात्र लगाएर देशको विकास नहुने भन्दै प्रचण्डले एमालेप्रति संकेत गर्दै भने ‘केही दलहरु राष्ट्रवादको नारा त लगाउँछन्, आश्वासन पनि दिन्छन् तर भनेजसरी काम गर्दैनन् यसरी हुन्छ विकास ?’ उनले छिमेकी मुलक चीनले लागू गरेको ‘वान वेल्ट वान रोड’ नीतिअन्तरगत रहेर चीनसंग सम्झौता भएको र चीनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने तथा उल्लेख्य रोजगारीका अवसर सिर्जना हुनसक्ने बताए ।

 

नेकपा माओवादीका कारणले नै देशमा स्थायी शान्ति, गणतन्त्र, धर्म निरपक्षेता, संविधान लगायतका महत्वपूर्ण कामहरु भएको स्मरण गर्दै नेता प्रचण्डले अबको बाटो भनेको राष्ट्रलाई समृद्धि र संविधान कार्यान्वयन गराउनु रहेका र त्यसका लागि माओवादी केन्द्रको नेतृत्व आवश्यक हुने बताए ।

 

उनले स्थानीय तहको निर्वाचनमा जनतालाई योग्य व्यक्तिलाई मत दिएर विजयी गराउन आग्रह समेत गरे ।

चुनावी सभामा माओवादी केन्द्रका ७ नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य हरिराम चौधरी (उत्सव), पोलिटव्यूरो सदस्य टेकेन्द्र भट्ट, लालबहादुर सोडारी, जिल्ला प्रवक्ता रमेश धामी, केन्द्रीय सदस्य प्रकाश रावल, मेयरका उम्मेदवार रामसमझ राना, उपमेयरका उम्मेदवार शान्ति अधिकारी लगायतको सहभागिता रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश भट्टराईले जानकारी दिए ।

– रातोपाटिमा खबर छ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...