हालसम्म २३८ स्थानको नतिजा प्राप्त, यस्तो छ बिवरण

Monday Jul 03, 2017
वि.सं.२०७४ असार १९ सोमवार ०७:३६

१९ असार, काठमाडौँ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ३३४ स्थानीय तहको निर्वाचन भएकोमा २३८ स्थानको नतिजा हालसम्म प्राप्त भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १०१ स्थानमा जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको छ ।
एमालेलाई ९२ सिटसहित नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जीत हासिल गर्दै तेस्रो स्थानमा कायम रहेको छ ।
चौँथो शक्तिको रुपमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन देखिएको छ । गठबन्धनले ६ स्थानीय तहमा जीत हासिल गरेको छ ।
चौँथो शक्तिमा विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकले ४ वटा सिट जित्दै चुनौती प्रस्तुत गरिरहेको छ ।
यता, राप्रपाले झापाको कचनकवल गाउँपालिका जित्दै खाता खोल्दा राष्ट्रिय जनमोर्चाले हालसम्म दुई स्थानमा जीत हासिल गरेको छ ।