‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा कार्टुन्ज क्रिउकाे कभर भिडियो

Wednesday Jul 05, 2017
वि.सं.२०७४ असार २१ बुधवार ०६:१६

२१ असार, काठमाडौँ- साउन १३ गते रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा डान्स ग्रुप कार्टुन्ज क्रिउले कभर भिडियो बनाएको छ । प्रतास दास र इन्दिरा जोशीको स्वरमा रहेको गीतमा कार्टुन्ज क्रिउ कलाकारले आकर्षक डान्स पस्किएका छन् ।
फिल्ममा समावेश एलिस कार्कीद्धारा संगीतबद्ध ‘मोटरसाइकलमा’ गीतमा भने स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीले अभिनय गरेका थिए । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले नयाँ गीतलाई दर्शक एवं श्रोताले रुचाउन सक्ने जनाएको छ ।
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।