Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्राज्ञ प्रतिनिधि मण्डल चीनको साहित्यिक भ्रमण सकि काठमाडौं फर्कियो

kumari  bank


२६ असार, काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल चिनियाँ लेखक सङ्घको निम्तामा चीनको साहित्यिक भ्रमण गरी काठमाडौं फर्किएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा गएको प्राज्ञहरुको टोलीले बेइजिङ, कुनमिन र छेन्दुमा आयोजना भएका साहित्यिक कार्यक्रमहरुमा भाग लिएको थियो । भ्रमण टोलीमा प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. प्राज्ञ उषा ठाकुर, प्रा.डा. प्राज्ञ ज्ञानु पाण्डे, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ विवश पोखरेल र प्रतिष्ठानको प्रशासनतर्फकी उपप्रमुख शशी चालिसे सहभागी थिए ।

असार १८ गते चीन गएको प्राज्ञहरुको स्वागतमा पहिलो दिन चिनियाँ लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले नेपाल र चीनका लेखकले साहित्य रचना गर्ने विषयहरू उस्तै रहेको बताएका थिए ।

सो कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेसहित अन्य सदस्यले नेपाल–चीन सम्बन्धका विविध आयाम र नेपाली साहित्यबारे चर्चा गरेका थिए । चिनियाँ लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

असार २० गते लेखक सङ्घ, बेइजिङ शाखाले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष छाङ ताओले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौताअनुसार दुई देशबीच भएका विगतका सम्बन्धको चर्चा गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गरे ।

यसैगरी लेखक सङ्घको सिन्चुवानले शाखाले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ, सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदानबारे जानकारी गराउँदै लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको बताएका थिए ।

सबै ठाउँको भ्रमणमा जाँदा आयोजक संस्थाहरुले प्राज्ञ टोलीलाई स्थानीय महत्वपूर्ण ठाउँहरुको अवलोकन पनि गराएका थिए ।

चीन भ्रमणबाट फर्किएपछि प्रतिक्रिया दिँदै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले यात्रा निकै उपलब्धिमूलक भएको बताए ।

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

बरिष्ठ गीतकार टेक तामाङको ‘एउटा जून’ को...

वि.सं.२०८१ असार १६ आइतवार १८:४७

काठमाडौं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...