CG Electronics
IME Life
NIMB

प्राज्ञ प्रतिनिधि मण्डल चीनको साहित्यिक भ्रमण सकि काठमाडौं फर्कियो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


२६ असार, काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल चिनियाँ लेखक सङ्घको निम्तामा चीनको साहित्यिक भ्रमण गरी काठमाडौं फर्किएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा गएको प्राज्ञहरुको टोलीले बेइजिङ, कुनमिन र छेन्दुमा आयोजना भएका साहित्यिक कार्यक्रमहरुमा भाग लिएको थियो । भ्रमण टोलीमा प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. प्राज्ञ उषा ठाकुर, प्रा.डा. प्राज्ञ ज्ञानु पाण्डे, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ विवश पोखरेल र प्रतिष्ठानको प्रशासनतर्फकी उपप्रमुख शशी चालिसे सहभागी थिए ।

असार १८ गते चीन गएको प्राज्ञहरुको स्वागतमा पहिलो दिन चिनियाँ लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले नेपाल र चीनका लेखकले साहित्य रचना गर्ने विषयहरू उस्तै रहेको बताएका थिए ।

सो कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेसहित अन्य सदस्यले नेपाल–चीन सम्बन्धका विविध आयाम र नेपाली साहित्यबारे चर्चा गरेका थिए । चिनियाँ लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

असार २० गते लेखक सङ्घ, बेइजिङ शाखाले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष छाङ ताओले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौताअनुसार दुई देशबीच भएका विगतका सम्बन्धको चर्चा गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गरे ।

यसैगरी लेखक सङ्घको सिन्चुवानले शाखाले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ, सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदानबारे जानकारी गराउँदै लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको बताएका थिए ।

सबै ठाउँको भ्रमणमा जाँदा आयोजक संस्थाहरुले प्राज्ञ टोलीलाई स्थानीय महत्वपूर्ण ठाउँहरुको अवलोकन पनि गराएका थिए ।

चीन भ्रमणबाट फर्किएपछि प्रतिक्रिया दिँदै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले यात्रा निकै उपलब्धिमूलक भएको बताए ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...