CG Electronics
IME Life
NIMB

बोरोबुदुर क्षेत्रलाई ‘मिनी लुम्बिनी’ का रूपमा विकास गर्न प्रस्ताव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२६ असार, मलेसिया-   नेपालले इन्डोनेसियाको बोरोबुदुर क्षेत्रलाई ‘मिनी लुम्बिनी’ का रूपमा विकास गर्न इन्डोनेसियासमक्ष प्रस्ताव गरेको छ । युनेस्कोद्वारा विश्वसम्पदा सूचीकृत त्यहाँको मध्य जाभा प्रान्तमा पर्ने उक्त क्षेत्र बौद्ध धर्मावलम्बीका लागि प्रसिद्ध ठाउँ मानिन्छ ।

विश्वकै सबभन्दा ठूलो बौद्ध मन्दिर रहेको बोरोबुदुरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको झल्को दिने गरी मिनी लुम्बिनीका रूपमा विकास गर्न नेपालले प्रस्ताव गरेको हो ।

लुम्बिनी र बोरोबुदुरलाई भगिनी सहरको सम्बन्ध स्थापना गर्ने उद्देश्यले मंगलबार आयोजित ‘दि कन्फरेन्स अन लुम्बिनी, दि बर्थ प्लेस अफ लर्ड बुद्ध’ कार्यक्रममा नेपाल सरकारका तर्फबाट नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले त्यस्तो प्रस्ताव गरेका हुन् । बोरोबुदुरलाई लुम्बिनीको भगिनी सहरका रूपमा विकास गर्दा दुवै देशलाई पर्यटकीय विकासमा फाइदा पुग्ने राजदूत बस्न्यातले बताए ।

राजदूत बस्न्यातले नेपाल सरकारबाट अनुमति पाएलगत्तै उक्त प्रस्ताव मलेसियास्थित इन्डोनेसियाली दूतावासमार्फत त्यहाँको सरकारलाई पठाइएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

यसै वर्षको जनगणनाअनुसार उक्त सहरको जनसंख्या २६ करोड ३५ लाख १० हजार रहेको छ । तीमध्ये शून्य दशमलव ७२ प्रतिशत बौद्धधर्म मान्छन् । इन्डोनेसिया विश्वमै सबभन्दा बढी मुस्लिम धर्मावलम्बी रहेको देश मानिन्छ । त्यहाँ लुम्बिनीको भगिनी सहर स्थापना भए दुई देशबीच पर्यटन प्रवद्र्धन वृद्धि हुने नेपालको विश्वास छ । –कान्तिपुर दैनिक बाट

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...