CG Electronics
IME Life
Ncell NPL

नेपालकै पहिलो महिला गायिका मेलवादेबी गुरुङ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङ

नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो।

उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ ।

बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय   सङ्गीतको गायनमा तालिम लिनुभएको थियो । हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ ।

 

नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।

 

सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो ।

उनको सुमधुर आवाजलाई बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो ।

दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो ।

उनको मृत्यु सन् १९५५ मा ५३ बर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको ।

उनले गाएका केहि गीतहरु

‘बिरानो देशैमा लैलै

मै मरी जाउँला बरिलैलै

रोइदिने कोही छैन

सवारी मेरो रेलैमा ।’

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...