Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालकै पहिलो महिला गायिका मेलवादेबी गुरुङ

Machhapuchchhre Bank Limited
नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङ

नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो।

उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ ।

बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय   सङ्गीतको गायनमा तालिम लिनुभएको थियो । हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ ।

 

नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।

 

सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो ।

उनको सुमधुर आवाजलाई बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो ।

दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो ।

उनको मृत्यु सन् १९५५ मा ५३ बर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको ।

उनले गाएका केहि गीतहरु

‘बिरानो देशैमा लैलै

मै मरी जाउँला बरिलैलै

रोइदिने कोही छैन

सवारी मेरो रेलैमा ।’

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन :...

वि.सं.२०८१ जेठ १३ आइतवार १७:३५

  कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही घण्टामै अखाद्य हुन्छ

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:३१

    काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा...

वि.सं.२०८० चैत १५ बिहीवार २१:३५

    काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...