करिस्मालाई राम्री देखेर ‘दुर्बीन लाई लाई’ थाले शंकर बिसी

Tuesday Jul 11, 2017
वि.सं.२०७४ असार २७ मंगलवार १०:०९

२७ असार , काठमाडौँ – मोडल करिस्मा ढाकाललाई निर्देशक समेत रहेका मोडल शंकर बिसीले दुर्बीन लगाएर हेरेका छन् । गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको यो बर्षको तीज गीतमा ‘दुर्बीन लाई लाई’ माथी बनेको भिडियोमा उनले सो हर्कत गरेका हुन् ।
भिडियोमा दमदार शैलीमा प्रेम अभिब्यक्त गरिएको छ । मायाले दुर्बीन लाई लाई हेर्नसक्ने गीत मार्फत ब्यक्त भएको भावना करिश्मा र शंकरले अभिनय मार्फत देखाएका छन् ।
करिब ९ मिनेट लामो गीतमा तीज पर्वका रोचक र चोटिला प्रसंगहरु समेत उठाइएको छ । गीतमा शब्द कृष्ण बाबुको रहेको छ भने संगीत गायक अधिकारीकै छ । म्युजिक भिडियो शंकर बिसीले नै निर्देशन गरेका हुन् ।