Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यसकारण भयो काठमाडौँ भ्यू टावरको ठेक्का रद्द

 

 

२८ असार, काठमाडौँ- सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

दुई महिनाअघि हालसम्म गरेको कामको प्रगति विवरणसहित कामनपाले विवरण बुझाउन आग्रह गरे पनि ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेश नगरेकाले ठेक्का रद्द गर्ने तयारी गरेको प्रवक्ता कार्कीले भने। “काम गर्छु भनेर सम्झौता भएको एक वर्ष बितिसक्दासम्म एक प्रतिशत पनि काम भएको छैन, यसरी बस्न सकिँदैन, समयमा काम गर्ने संस्था खोज्नुपर्छ । कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ति दिएर ठेक्का रद्द गरिनेछ”, कार्कीले भने।

लामो समयदेखि निर्माण कार्य रोकिएको भन्दै महानगरपालिकाले हरि कुँवरको नेतृत्वमा प्रगति विवरण बुझाउन गत महिना ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेको थियो । हालसम्म न प्रगति विवरण न ठेकेदारले सम्पर्क गर्न नै आएको छ । बारम्बार जानकारी गराउँदा पनि कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिएको महानगरपालिकाको आरोप छ ।

सार्वजनिक खरिद ऐनले गर्दा कम्पनीसँग सिधै ठेक्का रद्द गर्न मिल्दैन, सम्झौता भएको हुनाले रद्द गर्ने समयमा पनि कम्पनीसँग प्रक्रिया पुर्‍याएर मात्र ठेक्का रद्द गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । ठेकेदार कम्पनीले केही समयअघि नै केही राजश्वसमेत तिरिसकेको छ।

कामनपाले यसअघि पनि नियमित काम गर्नका लागि चेतावनी दिएको थियो। महानगर र निर्माण कम्पनीबीच दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हालसम्म एक प्रतिशत पनि प्रगति नभएको कार्कीले जानकारी दिए।

विसं २०७२ को शुरूदेखि टावरको निर्माण प्रारम्भ हुने भनिए पनि भूकम्पका कारण काम रोकिएको थियो। पहिले २५ तले बनाउने सम्झौता भएकोमा भूकम्पपछि टावर १२ तलाको बनाउने निर्णय गरिएको थियो । त्यसपछि नाकाबन्दीले गर्दा काम शुरू हुन सकेको थिएन।

अनुमानित लागत साढे तीन अर्ब लाग्ने भन्दै पछिल्लो समयमा भएको सम्झौताअनुरुप कम्पनीले बनाउन लागेको १२ तले काठमाडौँ भ्यू टावरको निर्माण सुरु गरेको १८ महिनामा सक्नुपर्ने थियो । टावर निर्माणका लागि दुई पक्षबीच अघिल्लो फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । -रासस

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...