CG Electronics
IME Life
NIMB

यसकारण भयो काठमाडौँ भ्यू टावरको ठेक्का रद्द

NIMB
Himalayan Bank

 

 

२८ असार, काठमाडौँ- सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

दुई महिनाअघि हालसम्म गरेको कामको प्रगति विवरणसहित कामनपाले विवरण बुझाउन आग्रह गरे पनि ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेश नगरेकाले ठेक्का रद्द गर्ने तयारी गरेको प्रवक्ता कार्कीले भने। “काम गर्छु भनेर सम्झौता भएको एक वर्ष बितिसक्दासम्म एक प्रतिशत पनि काम भएको छैन, यसरी बस्न सकिँदैन, समयमा काम गर्ने संस्था खोज्नुपर्छ । कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ति दिएर ठेक्का रद्द गरिनेछ”, कार्कीले भने।

लामो समयदेखि निर्माण कार्य रोकिएको भन्दै महानगरपालिकाले हरि कुँवरको नेतृत्वमा प्रगति विवरण बुझाउन गत महिना ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेको थियो । हालसम्म न प्रगति विवरण न ठेकेदारले सम्पर्क गर्न नै आएको छ । बारम्बार जानकारी गराउँदा पनि कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिएको महानगरपालिकाको आरोप छ ।

सार्वजनिक खरिद ऐनले गर्दा कम्पनीसँग सिधै ठेक्का रद्द गर्न मिल्दैन, सम्झौता भएको हुनाले रद्द गर्ने समयमा पनि कम्पनीसँग प्रक्रिया पुर्‍याएर मात्र ठेक्का रद्द गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । ठेकेदार कम्पनीले केही समयअघि नै केही राजश्वसमेत तिरिसकेको छ।

कामनपाले यसअघि पनि नियमित काम गर्नका लागि चेतावनी दिएको थियो। महानगर र निर्माण कम्पनीबीच दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हालसम्म एक प्रतिशत पनि प्रगति नभएको कार्कीले जानकारी दिए।

विसं २०७२ को शुरूदेखि टावरको निर्माण प्रारम्भ हुने भनिए पनि भूकम्पका कारण काम रोकिएको थियो। पहिले २५ तले बनाउने सम्झौता भएकोमा भूकम्पपछि टावर १२ तलाको बनाउने निर्णय गरिएको थियो । त्यसपछि नाकाबन्दीले गर्दा काम शुरू हुन सकेको थिएन।

अनुमानित लागत साढे तीन अर्ब लाग्ने भन्दै पछिल्लो समयमा भएको सम्झौताअनुरुप कम्पनीले बनाउन लागेको १२ तले काठमाडौँ भ्यू टावरको निर्माण सुरु गरेको १८ महिनामा सक्नुपर्ने थियो । टावर निर्माणका लागि दुई पक्षबीच अघिल्लो फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । -रासस

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...