CG Electronics
IME Life
NIMB

जेम्स रोड्रिगेजले किन्यो म्याड्रिडको ऋण सम्झौता

NIMB
Himalayan Bank

 

२५ असार, एजेन्सी – वायर्न म्युनिखले रियल म्याड्रिडका फरवार्ड जेम्स रोड्रिगेजलाई ऋण सम्झौतामा बेच्न सक्ने अधिकारसहित २ वर्षका लागि क्लब भित्र्याएको छ।

२५ वर्षीय जेम्स ६ वर्षका लागि रियलको अनुबन्धमा थिए, जब उनलाई २०१४ मा ७ करोड १० लाख पाउन्डमा अनुबन्धित गरिएको थियो। उनी गत सिजन रियलबाट २२ ला लिगा खेलमा मात्र देखा परे।

उनी प्रिमियर लिग च्याम्पियन चेल्सी वा म्यानचेस्टर युनाइटेड जान सक्ने हल्लाका बीच वायर्न पुगेका हुन्। ‘जेम्सलाई अनुबन्धित गर्न हाम्रा प्रशिक्षक कार्लोस एन्सिलोटी निकै आतुर थिए,’ वायर्न अध्यक्ष कार्ल हेन्ज रुमेनिजीले भने, ‘हामी निकै खुसी छौं र सम्झौतालाई पूर्णता दिने अभियानमा छौं।’

कोलम्बियाका कप्तान जेम्स २०१४ को विश्व कपमा सर्वाधिक गोलकर्ता थिए। उनलाई एन्सिलोटीले दुई वर्षका लागि म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको बेला अनुबन्धित गरेका थिए।

जिनेदिन जिदानको कार्यकालमा जेम्सले त्यति मौका पाएका थिएनन्, जब राफा बेनिटेजको उत्तराधिकारीको रुपमा २०१६ मा जिदान म्याड्रिडको प्रशिक्षक बने। उनले म्याड्रिडबाट १ सय ११ खेल खेल्ने क्रममा ३६ गोल गर्नुका साथै ४१ गोलको अवसर मिलाएका थिए। तर, गत सिजन युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगको फाइनल हुँदा उनले १८ सदस्यीय टोलीमा पनि स्थान पाउन सकेनन्।

‘जेम्स भर्सटाइल खेलाडी हुन। उनी आफै पनि गोल हान्न दक्ष मानिन्छन। उनी गोलको लागि पनि अवसर जुराइदिन्छन। उनी फ्रिकिक र कर्नरलगायत सेट–पिसेसमा पनि उत्कृष्ट छन्,’ हार्ल हेन्जले भने।

जेम्स आउँदो आइतबारदेखि १२ दिनको चीन र सिङ्गापुर भ्रमणमा वायर्नको टोलीमा समावेश हुनेछन्। वायर्नले लगातार ५ बुन्डेसलिगा उपाधि जितेको छ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...