फेसबुक म्यासेन्जरमा पनि बिज्ञापन आउने

Wednesday Jul 12, 2017
वि.सं.२०७४ असार २८ बुधवार ०७:२२

२८ असार, एजेन्सी- फेसबुकले आफ्नै अर्को ब्राण्ड म्यासेन्जरमा विज्ञापन समावेश गर्ने भएको छ। फेसबुकले जनाए अनुसार त्यस्ता विज्ञापन म्यासेन्जरको होम स्क्रिनमा रहेको ‘मस्ट रिसेन्ट च्याट्स’ सँगै देखापर्नेछ।
विश्वभरीका प्रयोगकर्ताहरुले यस्ता विज्ञापन उनीहरुको देश अनुरुप अंग्रेजी वर्षको यसै महिनादेखि अन्तिम महिनाभित्रमा देख्न सक्नेछन्।