CG Electronics
IME Life
NIMB

लोक सञ्चारकर्मीले गर्यो सामुहिक तीज गीत बिमोचन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

हरिबल्ल्भ नेपाल भन्छन ”इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा तीज एल्बम बिमोचन गरि उदाहरणीय काम सम्पन्न गरियो l

केशब भट्ट / साउन १० काठमाण्डौँ-    राष्ट्रिय लोक संचारकर्मी नेपालले नियमित रुपमा गर्दै आएको तीज एल्बम बिमोचन कार्यक्रम यस बर्ष पनि भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । काठमाण्डौँको अनामनगरमा आयोजित उक्त कार्यक्रममा इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा तीज एल्बम बिमोचन गरि उदाहरणीय कार्य गरेको राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले बताएका छन ।

कलाकार तथा दर्शक श्रोताको बाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी सास्कृतिविद् माननीय कान्ता भट्टराइ रहनुभएको थियो, भने अन्य कलाकारहरु बरिष्ट गायीका चन्द्रकला साह, लोक गायक नबिन खड्का, चर्चित लोक गायिका शर्मिला गुरुङ, संचारकर्मी कृष्ण कंडेल, राष्ट्रिय लोक संचारकर्मी नेपालका पुर्व अधक्ष्य गोबिन्द गिरी, लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष हरिबल्लब नेपालको सभापतित्वमा समपन्न कार्य क्रममा अग्रज गायिका चन्द्रकला साहले “हराउदै गएको नेपाली मौलिकता प्रति चिन्ता जिदै आफुले तीजको संरक्षण र मौलिक गीतको लागि अहिले सम्म पनि व्यक्तिगत रुपमा एल्बम निकाल्दै आएको र मौलिकतामा ध्यान दिन नया पुस्ताका कलाकारहरुलाई आग्रह गर्नुभयो ।’’ सोहि अबसरमा लोक गायक नविन खड्काले पनि “अहिले आएका अधिकांश गीतहरु रत्यौली र त्यसमा पनि बढि भन्दा बढी छाडा शब्द प्रयोग भएको हुदा ध्यान दिन अनुरोध छ । संगै तीज महिलाहरुको हो पुरुष किन हाबी ? पुरुष मित्रहरुलाइ आग्रह नारीको सस्कृतिमा हाबी नबन्नुहोस” भन्दै सबैमा आग्रह गर्नुभयो । साँथै गायिका शर्मिला गुरुङले पुरानो गीत गाउदै आफ्नो मौलिक तीजलाई जगेर्ना गर्न अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा विमोचित कृतिहरुमा उमा श्रेष्ठको “चढ्यो बैसा”, कमल सरगमको “नाचा सानी नाचा”, धन कुमारी थापा सरुको “फरर फरर ”, निता पुन मगर र मिना गर्बुजाको “झम्के बुलाखी”, हरि बहादुर काफ्ले मगरको “जोर मादल” , नबिन पुलामी मगरको “तीजलाई किन्देको सारी ” , पूर्णकला बिसीको “माईतिघर” , मन्जु गौतमको “लोडसेडिङ हुदैन” , शर्मिला रायमाझीको “जिरो फिगर” , सितल पाण्डेको “माईति देशैमा” , बिनय खत्रीको “रिमेझिमे पानीमा”, शोभा त्रिपाठीको “टिकीया हरायो” , सुनिता गुरुङको “हंकंगको चुरा” , चन्द अर्यालको “ओ हो महादेव” , सुनिला गुरुङको “मेरै खुट्टाले”, सान्ती रिजाल पौडेलको “बटौली घुमाउनि”, पुजा पौडेलको “पाउडरले गोरो”, सुष्मा लामाको “काकारिको झाल”, मन्जु लावतीको“यसपाली तीजमा”, राजु सुनाम र कालिका रोकाको“आजै पानी परेर भिजायो”, दिनेश श्रेष्ठ र इन्दिराको एल्बम ,डिल्लीराम रेग्मी सुजनको “सासु बुहारी”, टिका पुनको “युके को सहर”, केशु गुरुङको “जुन देशमा रहे पनि तीज”, अमृता लुंगेली मगरको “जो बढी नाच्छ उही धेरै बाँच्छ”, जागर घर्ती मगरको “घुमायो फनफनी”, बिष्णु डिसीको “कोरली गाई” सोहि अबसरमा विमोचित गीतका कलाकारहरुले आफ्नो आफ्नो एल्बमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको बिसर्जन गर्दै लोक संचारकर्मीका अध्यक्ष हरिबल्लब नेपालले “हामी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाइ लक्षित गरेर बजारमा आएका धेरै गीतहरु बिकृति जन्य छन यसलाई रोकथाम गर्ने हेतुका साथ् हामीले यस बिमोचनको आयोजना गरेका हौ र सम्पन्न पनि भएको छ , पोहोर बर्ष भन्दा यस बर्ष धेरै मौलिक सृजना बजारमा आएका छन अर्को बर्ष हाम्रो अभियानले अझ विकृती कम हुनेछन । ”

सोहि अबसरमा संस्थाकी सदस्य सोभा त्रिपाठीले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सह सचिब रामनाथ घिमिरेले गर्नु भएको थियो भने सहभागी सदस्यहरुलाई स्वागत गर्दै खादा वितरण सस्थाका बरीष्ट उपाध्यक्ष राम अविरल र उपाध्यक्ष चन्द्रमणी गौतमले गरेका थिए ।

 

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...