Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

लोक सञ्चारकर्मीले गर्यो सामुहिक तीज गीत बिमोचन

 

हरिबल्ल्भ नेपाल भन्छन ”इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा तीज एल्बम बिमोचन गरि उदाहरणीय काम सम्पन्न गरियो l

केशब भट्ट / साउन १० काठमाण्डौँ-    राष्ट्रिय लोक संचारकर्मी नेपालले नियमित रुपमा गर्दै आएको तीज एल्बम बिमोचन कार्यक्रम यस बर्ष पनि भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । काठमाण्डौँको अनामनगरमा आयोजित उक्त कार्यक्रममा इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा तीज एल्बम बिमोचन गरि उदाहरणीय कार्य गरेको राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले बताएका छन ।

कलाकार तथा दर्शक श्रोताको बाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी सास्कृतिविद् माननीय कान्ता भट्टराइ रहनुभएको थियो, भने अन्य कलाकारहरु बरिष्ट गायीका चन्द्रकला साह, लोक गायक नबिन खड्का, चर्चित लोक गायिका शर्मिला गुरुङ, संचारकर्मी कृष्ण कंडेल, राष्ट्रिय लोक संचारकर्मी नेपालका पुर्व अधक्ष्य गोबिन्द गिरी, लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष हरिबल्लब नेपालको सभापतित्वमा समपन्न कार्य क्रममा अग्रज गायिका चन्द्रकला साहले “हराउदै गएको नेपाली मौलिकता प्रति चिन्ता जिदै आफुले तीजको संरक्षण र मौलिक गीतको लागि अहिले सम्म पनि व्यक्तिगत रुपमा एल्बम निकाल्दै आएको र मौलिकतामा ध्यान दिन नया पुस्ताका कलाकारहरुलाई आग्रह गर्नुभयो ।’’ सोहि अबसरमा लोक गायक नविन खड्काले पनि “अहिले आएका अधिकांश गीतहरु रत्यौली र त्यसमा पनि बढि भन्दा बढी छाडा शब्द प्रयोग भएको हुदा ध्यान दिन अनुरोध छ । संगै तीज महिलाहरुको हो पुरुष किन हाबी ? पुरुष मित्रहरुलाइ आग्रह नारीको सस्कृतिमा हाबी नबन्नुहोस” भन्दै सबैमा आग्रह गर्नुभयो । साँथै गायिका शर्मिला गुरुङले पुरानो गीत गाउदै आफ्नो मौलिक तीजलाई जगेर्ना गर्न अनुरोध गर्नुभयो ।

 

कार्यक्रममा विमोचित कृतिहरुमा उमा श्रेष्ठको “चढ्यो बैसा”, कमल सरगमको “नाचा सानी नाचा”, धन कुमारी थापा सरुको “फरर फरर ”, निता पुन मगर र मिना गर्बुजाको “झम्के बुलाखी”, हरि बहादुर काफ्ले मगरको “जोर मादल” , नबिन पुलामी मगरको “तीजलाई किन्देको सारी ” , पूर्णकला बिसीको “माईतिघर” , मन्जु गौतमको “लोडसेडिङ हुदैन” , शर्मिला रायमाझीको “जिरो फिगर” , सितल पाण्डेको “माईति देशैमा” , बिनय खत्रीको “रिमेझिमे पानीमा”, शोभा त्रिपाठीको “टिकीया हरायो” , सुनिता गुरुङको “हंकंगको चुरा” , चन्द अर्यालको “ओ हो महादेव” , सुनिला गुरुङको “मेरै खुट्टाले”, सान्ती रिजाल पौडेलको “बटौली घुमाउनि”, पुजा पौडेलको “पाउडरले गोरो”, सुष्मा लामाको “काकारिको झाल”, मन्जु लावतीको“यसपाली तीजमा”, राजु सुनाम र कालिका रोकाको“आजै पानी परेर भिजायो”, दिनेश श्रेष्ठ र इन्दिराको एल्बम ,डिल्लीराम रेग्मी सुजनको “सासु बुहारी”, टिका पुनको “युके को सहर”, केशु गुरुङको “जुन देशमा रहे पनि तीज”, अमृता लुंगेली मगरको “जो बढी नाच्छ उही धेरै बाँच्छ”, जागर घर्ती मगरको “घुमायो फनफनी”, बिष्णु डिसीको “कोरली गाई” सोहि अबसरमा विमोचित गीतका कलाकारहरुले आफ्नो आफ्नो एल्बमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको बिसर्जन गर्दै लोक संचारकर्मीका अध्यक्ष हरिबल्लब नेपालले “हामी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाइ लक्षित गरेर बजारमा आएका धेरै गीतहरु बिकृति जन्य छन यसलाई रोकथाम गर्ने हेतुका साथ् हामीले यस बिमोचनको आयोजना गरेका हौ र सम्पन्न पनि भएको छ , पोहोर बर्ष भन्दा यस बर्ष धेरै मौलिक सृजना बजारमा आएका छन अर्को बर्ष हाम्रो अभियानले अझ विकृती कम हुनेछन । ”

सोहि अबसरमा संस्थाकी सदस्य सोभा त्रिपाठीले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सह सचिब रामनाथ घिमिरेले गर्नु भएको थियो भने सहभागी सदस्यहरुलाई स्वागत गर्दै खादा वितरण सस्थाका बरीष्ट उपाध्यक्ष राम अविरल र उपाध्यक्ष चन्द्रमणी गौतमले गरेका थिए ।

 

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म...

वि.सं.२०८२ असार २० शुक्रवार १४:२३

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५९

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश...

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध आन्दोलनको अन्तिम गृहकार्यमा इप्पान

‘टेक एण्ड पे पीपीए’ को प्रावधान विरुद्ध...

वि.सं.२०८२ असार ३ मंगलवार २१:१६

काठमाडौं । स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था नेपाल इप्पानले सरकारले बजेटमा...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...