CG Electronics
IME Life
NIMB

१४ एसपीको लागि २० डीएसपीबीच प्रतिस्पर्धा २६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्ने तयारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

एयकतभम यलस् व्गलभ ज्ञढ, द्दण्ज्ञड ्र खष्भधकस् टण्घद्द सुशासन संवाददाता
काठमाडौं, असार ५ ।

नेपाल प्रहरीमा दरबन्दी थप भएसँगै बढुवाको प्रक्रिया शुरु गर्न लागिएको छ । प्रहरीलाई संघीय संरचनामा लैजाने

प्रारम्भिक चरणअनुसार थप जनशक्ति आवश्यक भएको भन्दै गत जेठ २८ गतेको मन्त्रिपरिषद्को बैठकले एक प्राविधिक एसएसपीसहित ३ हजार १ सय १ दरबन्दी थप्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्राविधिकतर्फ र बाँकी ३ हजार दरबन्दी प्रशासनतर्फ कायम गरिएको छ ।

जनपद प्रहरी समूहअन्तर्गत १४ प्रहरी उपरीक्षक ९एसपी०, १२ प्रहरी नायब उपरीक्षक ९डीएसपी०, ५० प्रहरी निरीक्षक ९इन्स्पेक्टर०, १४७ प्रहरी नायब निरीक्षक ९सई०, २५५ प्रहरी सहायक निरीक्षक ९असई०, ६०६ प्रहरी हवल्दार, १६९६ प्रहरी जवान, १८४ प्रशिक्षार्थी प्रहरी जवान र १३५ प्रहरी कार्यालय सहयोगीको दरबन्दी थप भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए ।

‘पदपूर्ति नियमित प्रक्रिया हो, निकासा भई रिक्त रहेको पदमा नियामानुसार पदपूर्ति गर्ने प्रहरी मुख्यालयको योजना छ,’ उनले भने ।

प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखा सम्बद्ध स्रोतका अनुसार थप भएको १४ एसपीको लागि २० डीएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ भने थपिएको १२ र बढुवापछि खाली हुने १४ समेत गरी २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

रिक्त १४ एसपीको लागि डीएसपीहरु रमेश कुमार बस्नेत, भीमबहादुर दाहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल, हीराबहादुर पाण्डे, श्याम कृष्ण अधिकारी, केदार खनाल, रामप्रकाश शाह, तुलबहादुर कार्की, कृष्ण प्रसाईं, राकेश सिंह, राजीवबहादुर बस्नेत, कृष्णजी अधिकारी, सूर्यबहादुर के।सी।, नान्तीराज गुरुङ, विमलराज कँडेल, श्यामप्रसाद पौडेल, डा।मेख बहादुर खत्री र प्रवीणलाल श्रेष्ठबीच प्रतिस्पर्धा छ ।

वरीयता तथा कार्यदक्षतामा अब्बल भएता पनि रमेशकुमार बस्नेत, भीमबहादुर दहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल र हीराबहादुर पाण्डे गत महिनाको बढुवामा छुटाइएको थियो ।

बढुवाका आकांक्षी सबै अधिकृतहरु २०६७ पुस २६ मा डीएसपीमा बढुवा भएका थिए । प्रतिस्पर्धी धेरै भएका कारण निलम्बनमा रहेका एसएसपीद्वय श्यामबहादुर खत्री, दिवेश लोहनी र एसपी विकासराज खनालको ठाउँमा विशेष पद सिर्जना गरी १७ डीएसपीलाई एसपीमा बढुवा गर्ने विषयमा पनि छलफल चलिरहेको स्रोतको भनाइ छ ।

बढुवापश्चात् रिक्त हुने १४ तथा थपिएको १२ समेत गर्दा कायम हुने २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

इन्स्पेक्टरहरु विजयराज पण्डित, गोविन्द थापा, सुनीलजंग शाह, मदन के।सी।, हरि खतिवडा, बसन्त पाठक, जागेश्वर भण्डारी, दक्ष कुमार बस्नेत, मञ्जिल मुकारुङ, खुमलाल भुसाल, विष्णुप्रसाद सोती, सुन्दर तिवारी, प्रह्लाद कार्की, नमराज भट्टराई, दीपक बहादुर के।सी।, दिनेशकुमार भण्डारी, दानबहादुर थापा, वीरेन्द्र गोदार, निरन्जन थापा, पुरुषोत्तम खड्का, हेमन्त भण्डारी क्षेत्री, दीपक कुमार कार्की, महेश खनाल, प्रतित सिंह राठौर, मनोज कुमार लामा, चिनी माया तामाङ, राजकुमार थिङ, चक्र बहादुर शाह, मधु कुमार थापा, माधव प्रसाद काफ्ले, नवराज पोखरेल, रञ्जन कुमार दाहाल, हरि बहादुर बस्नेत, मधुसुधन न्यौपाने, रविराज थपलिया, विश्वराज अधिकारी, नरबहादुर सलामी मगर, मोहन विक्रम दाहाल, हरि कृष्ण के।सी।, हेम बहादुर शाही, चन्द्र बहादुर थापा, वेद प्रसाद गौतम, नवराज ढुंगाना, ज्ञान कुमार मको लाइनमा छन् ।

उनीहरु सबै २०६४ सालमा इन्स्पेक्टरमा बढुवा तथा नियुक्ति पाएका अधिकृत हुन् ।

हत्तो, वेद प्रकाश जोशी, जयश्वर रिमाल, रमेश कुमार देव, सन्तुलाल प्रसाद जैसवार, गौतम थापा, मदनजीत महरा, छिरिङ किप्पा लामा, ज्ञान बहादुर बिष्ट, मिन बहादुर घले, सुनिल दाहाललगायतका अधिकृतहरु डीएसपी बढुवाको लाइनमा छन् ।

उनीहरु सबै २०६४ सालमा इन्स्पेक्टरमा बढुवा तथा नियुक्ति पाएका अधिकृत हुन् ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...