IME Life
NIMB

१४ एसपीको लागि २० डीएसपीबीच प्रतिस्पर्धा २६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्ने तयारी

NIMB
Himalayan Bank


काठमाडौं, असार ५ । नेपाल प्रहरीमा दरबन्दी थप भएसँगै बढुवाको प्रक्रिया शुरु गर्न लागिएको छ । प्रहरीलाई संघीय संरचनामा लैजाने प्रारम्भिक चरणअनुसार थप जनशक्ति आवश्यक भएको भन्दै गत जेठ २८ गतेको मन्त्रिपरिषद्को बैठकले एक प्राविधिक एसएसपीसहित ३ हजार १ सय १ दरबन्दी थप्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एक प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्राविधिकतर्फ र बाँकी ३ हजार दरबन्दी प्रशासनतर्फ कायम गरिएको छ । जनपद प्रहरी समूहअन्तर्गत १४ प्रहरी उपरीक्षक ९एसपी०, १२ प्रहरी नायब उपरीक्षक ९डीएसपी०, ५० प्रहरी निरीक्षक ९इन्स्पेक्टर०, १४७ प्रहरी नायब निरीक्षक ९सई०, २५५ प्रहरी सहायक निरीक्षक ९असई०, ६०६ प्रहरी हवल्दार, १६९६ प्रहरी जवान, १८४ प्रशिक्षार्थी प्रहरी जवान र १३५ प्रहरी कार्यालय सहयोगीको दरबन्दी थप भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए । ‘पदपूर्ति नियमित प्रक्रिया हो, निकासा भई रिक्त रहेको पदमा नियामानुसार पदपूर्ति गर्ने प्रहरी मुख्यालयको योजना छ,’ उनले भने ।

प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखा सम्बद्ध स्रोतका अनुसार थप भएको १४ एसपीको लागि २० डीएसपीबीच चर्को प्रतिस्पर्धा देखिएको छ भने थपिएको १२ र बढुवापछि खाली हुने १४ समेत गरी २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

रिक्त १४ एसपीको लागि डीएसपीहरु रमेश कुमार बस्नेत, भीमबहादुर दाहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल, हीराबहादुर पाण्डे, श्याम कृष्ण अधिकारी, केदार खनाल, रामप्रकाश शाह, तुलबहादुर कार्की, कृष्ण प्रसाईं, राकेश सिंह, राजीवबहादुर बस्नेत, कृष्णजी अधिकारी, सूर्यबहादुर के।सी।, नान्तीराज गुरुङ, विमलराज कँडेल, श्यामप्रसाद पौडेल, डा।मेख बहादुर खत्री र प्रवीणलाल श्रेष्ठबीच प्रतिस्पर्धा छ ।

वरीयता तथा कार्यदक्षतामा अब्बल भएता पनि रमेशकुमार बस्नेत, भीमबहादुर दहाल, गोविन्द अधिकारी, रवीन्द्र रेग्मी, विनोद सिलवाल र हीराबहादुर पाण्डे गत महिनाको बढुवामा छुटाइएको थियो । बढुवाका आकांक्षी सबै अधिकृतहरु २०६७ पुस २६ मा डीएसपीमा बढुवा भएका थिए । प्रतिस्पर्धी धेरै भएका कारण निलम्बनमा रहेका एसएसपीद्वय श्यामबहादुर खत्री, दिवेश लोहनी र एसपी विकासराज खनालको ठाउँमा विशेष पद सिर्जना गरी १७ डीएसपीलाई एसपीमा बढुवा गर्ने विषयमा पनि छलफल चलिरहेको स्रोतको भनाइ छ ।

बढुवापश्चात् रिक्त हुने १४ तथा थपिएको १२ समेत गर्दा कायम हुने २६ डीएसपीको लागि ६० भन्दा बढी इन्स्पेक्टरहरुबीच प्रतिस्पर्धा हुने भएको छ । इन्स्पेक्टरहरु विजयराज पण्डित, गोविन्द थापा, सुनीलजंग शाह, मदन के।सी।, हरि खतिवडा, बसन्त पाठक, जागेश्वर भण्डारी, दक्ष कुमार बस्नेत, मञ्जिल मुकारुङ, खुमलाल भुसाल, विष्णुप्रसाद सोती, सुन्दर तिवारी, प्रह्लाद कार्की, नमराज भट्टराई, दीपक बहादुर के।सी।, दिनेशकुमार भण्डारी, दानबहादुर थापा, वीरेन्द्र गोदार, निरन्जन थापा, पुरुषोत्तम खड्का, हेमन्त भण्डारी क्षेत्री, दीपक कुमार कार्की, महेश खनाल, प्रतित सिंह राठौर, मनोज कुमार लामा, चिनी माया तामाङ, राजकुमार थिङ, चक्र बहादुर शाह, मधु कुमार थापा, माधव प्रसाद काफ्ले, नवराज पोखरेल, रञ्जन कुमार दाहाल, हरि बहादुर बस्नेत, मधुसुधन न्यौपाने, रविराज थपलिया, विश्वराज अधिकारी, नरबहादुर सलामी मगर, मोहन विक्रम दाहाल, हरि कृष्ण के।सी।, हेम बहादुर शाही, चन्द्र बहादुर थापा, वेद प्रसाद गौतम, नवराज ढुंगाना, ज्ञान कुमार मको लाइनमा छन् । उनीहरु सबै २०६४ सालमा इन्स्पेक्टरमा बढुवा तथा नियुक्ति पाएका अधिकृत हुन् ।

हत्तो, वेद प्रकाश जोशी, जयश्वर रिमाल, रमेश कुमार देव, सन्तुलाल प्रसाद जैसवार, गौतम थापा, मदनजीत महरा, छिरिङ किप्पा लामा, ज्ञान बहादुर बिष्ट, मिन बहादुर घले, सुनिल दाहाललगायतका अधिकृतहरु डीएसपी बढुवाको लाइनमा छन् । उनीहरु सबै २०६४ सालमा इन्स्पेक्टरमा बढुवा तथा नियुक्ति पाएका अधिकृत हुन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...