CG Electronics
IME Life
NIMB

एमआईटी जिएसएल नेपाल कार्यक्रम सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं –सूचना प्रविधिमा आधारित आफ्ना नविन सोचहरुका साथ सफल उद्यमी बन्ने सपना बुनेका ३५ जना विद्यार्थीहरुले एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रममा आफ्नो यात्रा शुरु गरेका छन् । प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धनको निमित्त एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत म्यासाच्युएटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रम नेपालमा पहिलो पटक भइरहेको हो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयको आल्मुनाईका १५० जना प्रतिस्पर्धी आवेदकहरु मध्येबाट छानिएका ३५ सहभागी विद्यार्थीहरु डिजिटल स्टार्टअप निर्माणका लागि आवश्यक कौशलहरु सिक्न अहिले सप्ताहव्यापी लामो आवासीय शिविरमा रहेका छन् । विद्यार्थीहरुलाई एमआईटीका चार जना प्रशिक्षकले परामर्श दिइरहेका छन् र उनीहरुले प्रोग्रामिङ् ल्याङ्गवेज र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्र्तगत आफ्नो कौशल विकास गरिरहेका छन् । विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन प्रशिक्षणमा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास, आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन, गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रम लगायतका विविध विषयवस्तु समावेश गरिएका छन् ।
विश्वकै ख्यातिप्राप्त विश्वविद्यालय एमआईटीले आफ्नो प्रत्यक्ष उपस्थितिमा संचालन गर्ने योे जिएसएल कार्यक्रम विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न सफल कार्यक्रमका रुपमा चिनिन्छ । विगत १८ वर्ष देखि यो कार्यक्रमले दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत योगदान पु¥याउदै आएकोछ । आवासीय शिविर पश्चात विद्यार्थीहरु आफ्ना नियमित जीवनमा फर्कनेछन् ।
आफ्नो दैनिकी व्यवस्थापन गर्दै उनीहरु हरेक दिन इन्क्युबेसन सेन्टरमा समूहमा भेट गर्नेछन् र आफ्नो आईडियामा काम गर्नेछन् । एनसेलले सहयोग गरेको यो इन्क्युबेसन सेन्टरमा उनीहरुलाई काम गर्न आवश्यक सबै सुविधाहरु उपलब्ध हुनेछ । विद्यार्थीहरुको सहयोगको लागि एमआईटीका प्रशिक्षकहरु पनि हरेक समय उपलब्ध हुनेछन् । कार्यक्रमको अन्तिम दिन अर्थात साउन १७ गते ‘डेमो डे’ आयोजना हुनेछ र त्यस दिन विद्यार्थी समुहहरुले आ—आफ्ना प्रोटोटाइप निर्णायक मण्डल सामु प्रस्तुत गर्नेछन् ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...