Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एमआईटी जिएसएल नेपाल कार्यक्रम सुरु

Machhapuchchhre Bank Limited


काठमाडौं –सूचना प्रविधिमा आधारित आफ्ना नविन सोचहरुका साथ सफल उद्यमी बन्ने सपना बुनेका ३५ जना विद्यार्थीहरुले एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रममा आफ्नो यात्रा शुरु गरेका छन् । प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धनको निमित्त एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत म्यासाच्युएटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटी जिएसएल कार्यक्रम नेपालमा पहिलो पटक भइरहेको हो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयको आल्मुनाईका १५० जना प्रतिस्पर्धी आवेदकहरु मध्येबाट छानिएका ३५ सहभागी विद्यार्थीहरु डिजिटल स्टार्टअप निर्माणका लागि आवश्यक कौशलहरु सिक्न अहिले सप्ताहव्यापी लामो आवासीय शिविरमा रहेका छन् । विद्यार्थीहरुलाई एमआईटीका चार जना प्रशिक्षकले परामर्श दिइरहेका छन् र उनीहरुले प्रोग्रामिङ् ल्याङ्गवेज र उद्यमशीलता सम्बन्धि एमआईटीको अद्वितिय पाठ्यक्रम अन्र्तगत आफ्नो कौशल विकास गरिरहेका छन् । विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन प्रशिक्षणमा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास, आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन, गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रम लगायतका विविध विषयवस्तु समावेश गरिएका छन् ।
विश्वकै ख्यातिप्राप्त विश्वविद्यालय एमआईटीले आफ्नो प्रत्यक्ष उपस्थितिमा संचालन गर्ने योे जिएसएल कार्यक्रम विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न सफल कार्यक्रमका रुपमा चिनिन्छ । विगत १८ वर्ष देखि यो कार्यक्रमले दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा प्रविधिमा आधारित युवा उद्यमीहरुको प्रवर्धन गर्दै आर्थिक विकासमा समेत योगदान पु¥याउदै आएकोछ । आवासीय शिविर पश्चात विद्यार्थीहरु आफ्ना नियमित जीवनमा फर्कनेछन् ।
आफ्नो दैनिकी व्यवस्थापन गर्दै उनीहरु हरेक दिन इन्क्युबेसन सेन्टरमा समूहमा भेट गर्नेछन् र आफ्नो आईडियामा काम गर्नेछन् । एनसेलले सहयोग गरेको यो इन्क्युबेसन सेन्टरमा उनीहरुलाई काम गर्न आवश्यक सबै सुविधाहरु उपलब्ध हुनेछ । विद्यार्थीहरुको सहयोगको लागि एमआईटीका प्रशिक्षकहरु पनि हरेक समय उपलब्ध हुनेछन् । कार्यक्रमको अन्तिम दिन अर्थात साउन १७ गते ‘डेमो डे’ आयोजना हुनेछ र त्यस दिन विद्यार्थी समुहहरुले आ—आफ्ना प्रोटोटाइप निर्णायक मण्डल सामु प्रस्तुत गर्नेछन् ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...