नाडेप लघुवित्तको आईपीओ आइतबारदेखि

Monday Jun 25, 2018
वि.सं.२०७५ असार ११ सोमवार ०३:१०
काठमाडौ–नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) भोली आइतबारदेखि बिक्री खुला गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । न्युनतम २० कित्ता र अधिकतम २ हजार ४०० कित्तासम्म भर्न पाइने बिक्री प्रवन्ध नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएको छ ।
कुल निष्कासन मध्ये ५ प्रतिशत अर्थात २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणलाई दिइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापँुजी बढेर १६ करोड रुपैयाँ पुग्ने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । संस्थाको केन्द्रीय कार्यलय धादिङको गजुरीमा छ