CG Electronics
IME Life
NIMB

‘बुलबुल’ मा टेम्पो ड्राइभरको भूमिकामा स्वस्तिमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 


काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् ।

झण्डै २ महिनासम्म टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।

स्वस्तिमाका अलावा ‘बुलबुल’ मा मुकुन्द भुषाल, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डेलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

यस फिल्मलाई विनोद पौडेलले निर्देशन गर्दैछन् छन् भने फिल्ममा उनकै कथा तथा पटकथा छ ।

फिल्म निर्देशनमा पौडेलले यस फिल्मबाट देभ्यु गर्दै छन् ।
राजधानीमा टेम्पो चलाएर जीविकोपार्जन गर्ने एक अविवाहित युवतीको कथा यस फिल्ममा देखाइने भएको छ ।

कार्यक्रममा स्वस्तिमाले आफ्ना लागि टेम्पो चालकको भूमिका चुनौतीपूर्ण रहेको बताइन् ।

उनी भन्छिन्, पहिलो पटक फरक भूमिकामा देखिँदैछु ।

मेरा लागि यो ठूलो चुनौती र अवसर हो । अहिले फिल्मको वर्कशप चलिरहेको छ ।

उक्त फिल्मका लागि कोशिश क्षेत्री र मलिना पौडेलले गीत लेखेका छन् भने स्वर रजीना रिमाल र निश्चल बस्नेतले दिएका छन् ।

शुशन प्रजापतिको छायांकन रहने यस फिल्मलाई राजु पौडेल, पुरुषोत्तम पाण्डे, अविरल थापा र भिम थापाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।

बुलबुल एउटा इरानी चरा हो ।

रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ ।

निर्देशक पौडेलले कथाअनुसार पात्र र नाम चयन गरेको बताए ।

उनी ’बुलबुल’ बनिरहेका फिल्मभन्दा फरक हुने दाबी गर्छन् ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...