CG Electronics
IME Life
NIMB

सम्पदा पुनःनिर्माणसहित पूर्वाधार विकासमा कामपाको प्राथमिकता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ –ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका बेला कामपाले ती सम्पदाको पुनःनिर्माणसहित आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गर्ने क्रममा बसैभन्दा बढी पूर्वाधार विकासका लागि रु तीन अर्ब छ करोड २५ लाख बजेट विनियोजन गरेको हो ।

यसअघि नै रानीपोखरीको पुनःनिर्माणको काम शुरु भए पनि आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै विरोध आएपछि अहिले उक्त आधुनिक सामग्री हटाउने काम भइरहेको छ भने काष्ठमण्डपको पुनःनिर्माणका लागि क्षमा पूजा एक महिनाअघि नै सकिसकेको र अहिले निर्माणका सामग्री जुटाउने काम भइरहेको र अबको करीब दुई महिनामा निर्माण कार्य शुरु हुनेछ ।

कामपाका उपप्रमुख हरि प्रभा खड्की (श्रेष्ठ)ले कामपाको पूर्वाधार विकास नै सम्पूर्ण विकास प्रक्रियाको मुख्य बिन्दु भएकाले यस क्षेत्रमा अन्य क्षेत्रमा भन्दा धेरै बजेट विनियोजन गरिएको बताए ।

पूर्वाधार विकासअन्तर्गत सम्पदा, सुविधासम्पन्न सडक व्यवस्थापन, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण र व्यवस्थित यातायातको सञ्चालन महानगरवासीको चाहनाअनुरूप यस क्षेत्रमा बढी बजेट विनियोजन गरिएको छ । यसैगरी दरबार हाइस्कुल पुनःनिर्माण, आधुनिक आकाशे पुल निर्माणका लागि पनि प्राथमिकता दिएको छ ।

कामपाले सबै क्षेत्रमा गरी कूल रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव प्रस्तुत गरेको छ ।

महानगरले आन्तरिकतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख आय अनुमान गरेको छ ।
आगामी आवका लागि प्रस्तुत गरिएको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड २५ लाख, शहरी विकासतर्फ रु सात करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ रु १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ रु ५४ करोड ४६ लाख छुट्याइएको छ ।

वातावरण र विपद् व्यवस्थापनमा जल उत्पन्न प्रकोप नियन्त्रण, जलवायु परिवर्तन, जलाधार क्षेत्रको संरक्षण, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल साइट व्यवस्थापन, वन तथा भू–संरक्षण, वातावरण संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद्सम्बन्धी कार्यलाई महानगरले अगाडि बढाउने उल्लेख गरेको छ ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...