CG Electronics
IME Life
NIMB

सुझाव दिन महासंघको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौँ–नेपाल पत्रकार महासंघले प्रस्तावित ‘आमसञ्चारमाध्यमसम्बन्धी विधेयक, २०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ ।

संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा गरेको छ ।

मस्यौदा तयारीका लागि महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

सो कार्यदलले मस्यौदा तयारी महासंघलाई बुझाई सरोकार निकायमा छलफलमा रहेको सो विधेयकले आमसञ्चारका सबै माध्यम छापा, टेलिभिजन, रेडियो, अनलाइनलाई अझ व्यवस्थित बनाउने ध्येय राखेको छ ।

सरोकार निकायसँग मंगलबार भएको छलफलमा महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकको मस्यौदामाथि आफ्नो सुझाव दिन आग्रह गरे ।

विधेयकको मस्यौदामा मुख्यतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न, आमसञ्चारमाध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गरिने उल्लेख गरिएको छ ।

प्राधिकरणको अध्यक्षमा सभामुख रहने व्यवस्था गरिएको छ ।

पत्रपत्रिका व्यवस्था, अनलाइनसम्बन्धी र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था पनि मस्यौदामा रहेको छ ।

छलफलमा महासंघका अध्यक्ष आचार्यले मस्यौदालाई छिटोभन्दा छिटो सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

महासंघका सचिव प्रकाश थापाले महासंघले मस्यौदा गरेको विधेयकलाई आमसञ्चारमाध्यमको दिगो विकास र प्रवद्र्धनमा जोड दिएको बताए ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...