CG Electronics
IME Life
NIMB

सांसदलाई ज्यान मार्ने धम्की दिएको १८ घन्टा नबित्दै ९० जना पक्राउ

NIMB
Himalayan Bank

नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ । बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ ।

नेकपाकी सांसद निरुदेवी पाल

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ । अनुसन्धान बिहीबार बिहानैदेखि साँझ अबेरसम्म जारी रह्यो ।

डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए । उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ ।’

अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ  । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन् । एसएसपी पोखरेलले नयाँ पत्रिकासँग भने, ‘घटनालाई विभिन्न कोणबाट हेरिएको छ । प्रकृति हेर्दा घटना गम्भिर नै देखिन्छ । केही पक्राउ परेका छन् । सोधपुछ चलिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोलौं ।’

आइफोन भेटिएन
सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन । लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले बतायो । वृत प्रमुख डिएसपी काफ्लेले भने, ‘लुटिएको फोन खोजी भइरहेको छ । तर, भेट्टाउन सकिएको छैन । स्वीच अफ गरिएकाले लोकेशन पत्ता लगाउन नसकिएको हो ।’

टोले गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सांसद पाल धम्की घटनामा गुण्डादेखि फरार अभियुक्तसम्म पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले अपरेशन स्वीपअन्तर्गत ९० भन्दा धेरै पक्राउ परेको बताए । उनले भने, ‘घटना अनुसन्धानका लागि हामीले अपरेशन स्वीप चलाएका छौं । बिहीबार साँझसम्म शंकास्पद ९० पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये कोही टोले गुण्डा छन् । कोही फरार अभियुक्त छन् । सबैमाथि अनुसन्धान चलिरहेको छ । घटनाको सत्य तथ्य आउन केही समय भने लाग्न सक्छ ।’

घटना प्रधानन्यायाधीश प्रकरणसँग जोडिएको देखिन्छ

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घटना प्रधानन्यायाधीश नियुक्ती विवाद प्रकरणसँग जोडिएकोजस्तो देखिने दाबी गरेका छन् । बिहीवार गृहमन्त्रालयमा सांसद निरुदेवी पाल माथिको घटना सम्वन्धमा ध्यानाकर्षण गर्न पुगेका युवा संघ र वाइसिएल कार्यकर्ता माझ गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् । सर्बोच्च अदालतको प्रधानन्यायायाधीशमा दिपकराज जोशीको सिफारिसलाई लिएर संसदको संसदीय सुनुवाई समितिमा केही सातादेखि बहस जारी छ । सांसद पाल सुनुवाई समितिकको सदस्य हुन् ।

गृहमन्त्री थापाले भने, ‘घटना गम्भिर प्रकृतिको देखिन्छ । सर्सर्ती हेर्दा प्रधानन्यायाधीश नियुक्ति प्रकरणसँग जोडिएकोजस्तो देखिन्छ । राजनीतिप्रेरित पनि होकी जस्तो देखिन्छ । यद्यपी अनुसन्धान भइरहेको छ । सत्यतथ्य आउला । घटना जसले गराए पनि सामान्य चाहीँ होइन ।’

मंगलबार साँझ दूध किनेर डेरामा फर्किँदै गर्दा बानेश्वरको थापागाउँस्थित निवासनजिकै अज्ञात व्यक्तिले छात्तिमा पेस्तो ताकेर ज्यान मार्ने धम्की दिएको सांसद पालले दाबी गरेकी छिन् ।

राज्य शक्तिको दुरुपयोग : राजेन्द्रसिंह भण्डारी
पूर्वएआईजी, नेपाल प्रहरी
सांसद निरुदेवी पालमाथि पेस्तोल दाग्दै ज्यान मार्ने धम्की दिएको सुनेँ । सर्सर्ती हेर्दा घटना गम्भिर नै देखिन्छ । यस्ता घटना गोप्य ढंगले अनुसन्धान गरिनुपथ्र्यो । तर, केहीबेरको सेन्टिमेन्ट तान्ने हिसाबले प्रहरी अनुसन्धान प्रेरित भएको देखिन्छ ।

त्यसो त प्रहरीले घटनाको २४ घण्टा नबित्दै ९० जना पक्राउ गरेको पनि सुनेँ । यो राज्य शक्तिको चरम दुरुपयोग हो । यस्ता अनुसन्धान आउटडेटेड भइसके । तर, नेपाल प्रहरीले अझै यो विधि अपानाइरहेको छ । यो गलत तरिका हो । यसले अपराध नियन्त्रण गर्दैन । बरु बढाउँछ । किनभने यसले निर्दोशमाथि बदलाको भाव सृजना गराइदिन्छ ।

काठमाडौं शहर प्रविधिमैत्री पनि छैन । सिसी टिभीको त कुरै छाडौं, सडक बत्तिसम्म राख्न सकिएको छैन । यसले अपराधीलाई सजिलो बनाएको छ । घटना गराएर अपराधी फरार हुन सक्छ । उनीहरुलाई ट्रेसिङ गर्ने हामीसँग कुनै संयन्त्र छैन । यसकै फाइदा लिंदै अपराध बढिरहेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...