CG Electronics
IME Life
NIMB

एक लाख नेपाली कामदार लैजान अफ्रिकी देश सेशेल्सको प्रस्ताव, जेलमा डाकाको ड्युटी गर्नुपर्ने

NIMB
Himalayan Bank

अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्सले नेपाली कामदार लैजान नेपालसमक्ष प्रस्ताव गरेको छ । गभर्नमेन्ट टु गभर्नमेन्ट ९जीटुजी० प्रक्रियाबाटै नेपालबाट कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको हो ।

सेशेल्सले जीटुजीका लागि एमओयू गर्न प्रारम्भिक मस्यौदा पनि पठाएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता दीपक दाहालका अनुसार सेशेल्सले नेपालबाट सेक्युरेटी गार्ड लैजान चाहेको छ ।

त्यहाँका जेलहरुमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सुरक्षा गार्ड लैजान सेशेल्सले प्रस्ताव गरेको दाहाल बताउँछन् । सेशेल्सका जेलहरु विश्वकै सुविधायुक्तको सूचीमा समावेश भएका छन् ।

सुरक्षाको मामिलामा नेपालीहरु बहादुर हुने विश्वब्यापी सन्देशकै कारण सेशेल्सले आफ्ना जेलहरुको सुरक्षा जिम्मा नेपालीलाई दिन खोजेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लोपटक नेपाली कामदार लैजान प्रस्ताव गर्ने सेशेल्स अफ्रिकन युनियनमा आवद्ध देश हो । जुन, ११५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको छ

श्रम तथा रोजगार मन्त्रालयसँग सेशेल्सले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्वीपक्षीय समझदारी ९एमओयू० गर्न प्रस्ताव गरेको बताइएको छ । त्यसो त अहिले पनि सेशेल्समा व्यक्तिगत प्रयासमा थोरै संख्यामा नेपाली कामदार रोजगारीका लागि पुग्ने गरेको पाइएको छ ।

मन्त्रालयका प्रवक्ता दाहालले सेशेल्सको अर्थतन्त्र, श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायतका विषयमा अध्ययन गरेर मात्रै के गर्ने भन्ने टुंगो लाग्ने बताए । कामदारको हितलाई केन्द्रविन्दुमा राखेर मात्रै निर्णय लिइने उनको भनाइ छ ।

सेशेल्सले वर्षमा कतिसम्म कामदार लैजाने भन्नेबारे जानकारी गराएको छैन । तर, राम्रो पारिश्रमिक पाउने र सुरक्षाको समस्या चुनौती नरहने अवस्था पाईएमा कामदार पठाउन सकिने सोचमा मन्त्रालय छ ।

सशेल्सको राजधानी भिक्टोरिया हो, जुन पूर्वी अफ्रिकाको मुख्यभूमि भन्दा १५०० किलोमिटर पूर्वमा छ । यो देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रमा बढी निर्भर छ । पर्यटनले सेशेल्समा करीव ३० प्रतिशतलाई रोजगारी दिएको छ । यस देशको जनसंख्या करिब ९५ हजार मात्र छ । माहे टापुमा मात्रै ७७ हजार जनसंख्या छ ।

सशेल्समा पर्यटनबाहेक कृषि र माछा मार्ने कार्यमा पनि धेरैले रोजगारी पाएका छन् । यो देशले माछा मार्ने र अन्य सामुन्द्रिक खानाहरु निर्यात गर्छ । कुखुरापालन, नरिवल र दालचिनी खेती पनि यहाँको आम्दानी हो ।

सेशेल्स हिन्द महासागरमा हुने समुन्द्री डाँकाहरुबाट पीडित मुख्य देशहरुमा पर्छ । जनसंख्याको अनुपातमा धेरै नै कैदीहरु रहेको देशको सूचीमा सेशेल्स दोस्रो स्थानमा छ ।

यहाँका एक लाख मानिसमध्ये औसत ९ सय जना जेलमा हुन्छन् । उच्च दरमा हुने सामुन्द्रिक डकैतीका कारण यस्तो अवस्था आएको हो ।

यस क्षेत्रमा समुन्द्री डाँकाहरुले गर्ने लुटपाटको कारण अन्तर्राष्ट्रिय समुदायलाई ७० वार्षिक करोडौं डलर घाटा हुने गरेको अनुमान छ ।

डाँकाहरुकै कारण सेशेल्सको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ४ प्रतिशत भन्दा धेरै नोक्सानी हुन्छ । सोमालियनहरु पनि यस क्षेत्रमा डकैतीका लागि पुग्ने गरेका छन् ।

श्रम गन्तव्यको विकल्प खोज्दै सरकार

धेरै नेपाली कामदारहरु धेरै जाने मलेसिया र साउदीमा हाल रोजगारीको संकट छ । त्यसैकारण सरकारले कामदारलाई श्रम गन्तव्यहरुमा विकल्प पनि दिन चाहेको मन्त्रालय स्रोत बताउँछ । भलै, ओली सरकारको प्राथमिकता देशमै रोजगारी सिर्जना गर्ने रहेको छ ।

श्रम गन्तव्यका विकल्पहरुबारे एक कार्यदलले अध्ययन गर्दै गर्दा सेशेल्सले सरकारी तहबाटै समझदारी गरेर कामदार लैजान इच्छा देखाएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पछिल्लोपटक सशेल्सले जस्तै मोरिससले पनि नेपाली कामदार लैजाने इच्छा देखाएको छ । क्यानडा र पोर्चुगल पनि नेपाली कामदार लैजाने गरी जीटुजीका लागि छलफलमा छन् । जापानले पनि थप कामदार लैजान चासो देखाएको छ । युरोपका विभिन्न गन्तब्यमाथि पनि मन्त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको छ ।

यही अवस्थामा सेशेल्सले पनि इच्छा देखाएपछि सरकार उत्साहित छ । पछिल्लोपटक
नेपाली कामदार लैजान प्रस्ताव गर्ने सेशेल्स अफ्रिकन युनियनमा आवद्ध देश हो । जुन, ११५ वटा स–साना समुन्द्री टापु मिलेर बनेको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...